काठमाडौं– काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ७ को प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बसन्त मानन्धरले अग्रता बनाएको छ। उनले ६८९ मतका साथ अग्रता बनाएका हुन् ।
उनको पछिपछि एमालेका उम्मेदवार जीवन मानन्धर रहेका छन् भने हाम्रो नेपाली पार्टीका रवीद्रमोहन श्रेष्ठले ४२३ मत पाएका छन् । यस्तै राप्रपाकी रोजिना गुरुङले ३७४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।