काठमाडौं– दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन नसकेको हो ।
रुवीभ्याली गाउँपालिकाको मतपेटिका अहिले बिहान ११ः ३० सम्म आइपुग्ने बताइएको छ । धादिङका मुख्य निर्वाचन अधिकृत न्यायाधीश स्वीकृति पराजुलीका अनुसार अहिले ११ बजे सर्वदलीय बैठक डाकिएको छ । सर्वदलीय बैठक सकिए लगत्तै मध्यान्ह १२ बजेबाट मतगणना गर्ने तयारी गरिएको हो ।
२ लाख ६५ हजार ९९६ जना मतदाता रहेको धादिङमा कुल ५६ प्रतिशत मतदान भएको थियो ।