सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।
गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको सर्लाहीका एसपी प्रविण पोखरेलले जानकारी दिए । घाइते मध्ये एकजनाको जनकपुर र तीनजनाको सर्लाहीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १०:३१