लमजुङ-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन(२०७९ अन्तर्गत मंसिर ४ गते आइतबार सबै मतदान केन्द्रमा निर्वाचन हुँदैछ । लमजुङमा उक्त दिन अत्यावश्यक बाहेकका सबैखाले सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आइतबार मतदानको दिन एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा स्वास्थ्य सेवा, विद्युत सेवा, खाद्यान्न, फलफूल तथा दूध ढुवानी लगायतका अत्यावश्यक सेवामा सञ्चालित, परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन र अनुमति लिएका सवारी साधनहरू बाहेकका सवारी साधनहरु गुडन प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले मतदानका दिन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालन नगर्न र नगराउन सार्वजनकि सूचना जारी गरिएको बताए ।
सूचना विपरीत तोकिएको समयमा सवारी साधन सञ्चालन गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बैद्यले बताए ।
निर्वाचनको दिनमा असाहय तथा अपांगता भएका व्यक्तिलाई निवासदेखि मतदान केन्द्रसम्म लैजानका लागि वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।
पास नलिइक सवारी साधन सञ्चालन गरेको पाइएमा सवारी साधन जफत गरिने र चालकलाई आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १०:५५