मकवानपुर– हेटौंडा उपमहानगरपालिका–४ सृजना पथस्थित अशोक श्रेष्ठको श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ गर्ने ग्यारेजमा बुधबार राति आगलागी हुँदा बा.५ च २०५३ नम्बरको कार, नम्बर नखुलेको भ्यान र ना.३८ प ३२५८ नम्बरको स्कुटर जलेर नष्ट भएको छ । हाल क्षतिको विवरण खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेक छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ १३:०८