काठमाडौं– मेलम्चीको पानी काठमाडौँ पठाउने काम सुरु भएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरुङ बन्द गरिएको थियो ।
यसपालीको वर्षाले सुरुङमा क्षति नभएपनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ १५:३९