काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोचले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।