काठमाडौं– धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं-८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् ।
गत मंसिर २७ गते कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ बस्ने वर्ष ४२ को काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियार ले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १०:३४