लमजुङ -लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट लमजुङको प्रदेशसभा (क) का उम्मेदवार डा.टकराज गुरुङलाई विचौरका मतदाताले गाउँको विकास गर्ने युवा नेता चाहिएको बताएका छन् ।
कांग्रेस लमजुङ जिल्ला समितिका सदस्य समेत रहेका डा।गुरुङलाई विचौर निवासी ७९ वर्षीय कालिकाप्रसाद दवाडीले आर्शीवाद दिँदै भने, ‘हामीलाई तिमी जस्तै युवा र विकासवादी नेता चाहिएको छ, तिमीलाई आर्शीवाद छ, जितेपछि गाउँको विकास गर्न नभुल्नु ।’
कालिकाप्रसाद जस्तै विचौरका स्थानीयले जितेर गएपछि नेताहरू गाउँ नै नफर्किएको गुनासो छ । लोकतान्त्रिक गठबन्धनको टोली यतिखेर चुनावी प्रचारप्रसार र घरदैलोको क्रममा लमजुङका विकट क्षेत्रहरूमा पुगेको छ ।
शहर केन्द्रित राजनीति र शहर केन्द्रित विकास गरेका नेताहरूले गाउँको समस्या समाधान गर्न नसक्दा उनीहरूलाई गाउँका आवश्यकता पूरा गर्ने नेता चाहिएको बताएका हुन् ।
डा।गुरुङ पर्यटनविद् र कुशल योजनाकार समेत रहेको विचौरवासीलाई थाहा छ । त्यसैले उनीहरूले यसपटक आफूले रोजे जस्तो नेता पाएको बताएका हुन् ।
डा।टकराज घरदैलोको क्रममा पुगेको ठाउँमा धेरैको एउटै भनाइ थियो गाउँको विकास गर्न नभुल्नु । त्यसको उत्तरमा डा.गुरुङले भनेका छन्, ‘मैले जितेर गएपछि विगतका नेताको जस्तो गल्ती गर्दिन र सरकारमा गाउँको विकासका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने छु ।’
ग्रामिण सडकको निर्माण र स्तरोन्नती गरेर गाउँमा उत्पादन बढाउने र ति उत्पादनलाई शहरमा पुर्याउन सके केहि हदसम्म बेरोजगारी समस्या समाधान गर्न सकिने डा।गुरुङको तर्क छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९ १५:५५