काठमाडौं– प्रदेश १ का मन्त्री तथा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनी मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवारका सार्थै प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री रहेका थिए ।
विगत एक महिना देखि निमोनियाले ग्रसित उनको आज बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको नोबेलका डाईरेक्टर राजेश नेपालीले जानकारी दिएका हुन् ।
उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।