हेटौंडा– मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।
सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै एक व्यक्तिले हातपात गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
हातपात गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइँदै गरिएको प्रहरीको बताएको छ ।
प्रारम्भिक अनुसन्धानमा कुटपिट गर्नेले मादक पदार्थ सेवन गरेको पाइएको छ ।