काठमाडौं– काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो।
आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको तर सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले सेतोपाटीलाई बताए।
सुरुमा ६ महिनाको लागि सम्झौता हुने पनि उनको भनाइ छ।