काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबारकाे तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार दुई सय कायम भएको छ । हिजो एक तोला सुन तीन लाख छ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदी चार हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।