काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य घटेकाे छ । सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ । हिजो एक तोला सुन तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले घटेको छ । आज एक तोला चाँदी चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।