काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तीन लाखमाथि पुगेको छ । सुन शुक्रबारकाे तुलनामा आज तोलामा चार हजार ८०० रुपैयाँले वृद्धि भएकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम सुनको मूल्य भने दुई लाख ५८ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेकाे छ । शुक्रबार चाँदी प्रतिताेला ४ हजार ५ सय ८० निर्धारण गरिएकाे थियाे । आज ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।