काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९००रुपैयाँले वृद्धि भई दुई लाख ९६ हजार ९००रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर चार हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।