Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #हुलाकी राजमार्ग
  • #नारायणगढ-मुग्लिन सडकखण्ड
  • #पुष्पकमल दाहाल
  • #धनुषा कर्फ्यु
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत
नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, साउन १८, २०८३
  • नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत
  • एक चीन नीतिमाथि प्रश्न उठ्न थाल्यो
  • आइएटिएस सम्मेलनप्रति चीनको आपत्ति 
  • दलाई लामा समर्थक प्रतिनिधिको सहभागिता रोकियो 
  • नामग्याल गुम्बामा जन्मजयन्तीलाई सरकारी अनुमति
  • रिन्पोछेको नेपाल भ्रमणमा सरकारी सुरक्षा 
  • एभरेस्ट फेस्टिभलमा ताइवानी झण्डा प्रदर्शन 
  • प्रधानमन्त्री शाहलाई दलाई लामाबाट शुभकामना 
  • चीनमा नेपालप्रति संशय बढ्दै
  • जेन-जी विद्रोहपछि तिब्बती गतिविधि बढेको दाबी

काठमाडौं- नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत देखिएको भन्दै कूटनीतिकवृत्तबाट चिन्ता प्रकट हुन थालेको छ । नेपालले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’माथि प्रश्न उठ्नेगरी सरकारबाट भएका एकपछि अर्कोे घटनाले तनावको संकेत दिएको हो ।

चीनका लागि पूर्वनेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार नेपालले आफ्ना गतिविधि तत्काल सच्याउनुपर्छ । नभए नेपाल भूराजनीतिक जटिलतामा फस्ने उनको चेतावनी छ । ‘चीनको स्वार्थविपरीत नेपाल अघि बढेको देखिन्छ, यसमा चीनको चासो बढेको छ,’ श्रेष्ठले प्रभावसँग भने, ‘यस्तै भए नेपाल भूराजनीतिक जटिलतामा फस्ने जोखिम बढ्न सक्छ ।’

bishnu-pukar-1785736776.jpg
चीनको स्वार्थविपरीत नेपाल अघि बढेको देखिन्छ, यसमा चीनको चासो बढेको छ । यस्तै भए नेपाल भूराजनीतिक जटिलतामा फस्ने जोखिम बढ्न सक्छ ।
विष्णुपुकार श्रेष्ठ
चीनका लागि पूर्वराजदूत

हालै चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनालसँग चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी महत्‍वपूर्ण हुन्छ’ भन्ने सन्देश दिएका थिए । उनले अमेरिका कित्तामा नेपाल उभिएको अर्थमा त्यसो भनेको कूटनीतिज्ञहरूको विश्लेषण छ ।  उनीहरूको भनाइमा यसलाई सामान्य औपचारिक भनाइभन्दा पनि नेपालप्रति चीनको चासोको रूपमा व्याख्या गरेका छन् । पछिल्लो घटनाक्रमप्रति बेइजिङ असन्तुष्ट रहेको सन्देश यसबाट प्रवाह भएको उनीहरूको बुझाइ छ ।

Hardik health

पछिल्ला आठ गतिविधिले नेपालसँग चीन चिढिएको राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । उनले नेपालमा हुन लागेको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आइएटिएस) सम्मेलनलाई लिएर पछिल्लोपटक चीन रुष्ट छ । जहाँ तिब्बती केन्द्रीय सरकारका नाममा दलाई लामासमर्थक प्रतिनिधिलाई सहभागी गराउने तयारी भएको थियो । बेइजिङको चासोपछि आयोजक पक्षले उनीहरूलाई औपचारिक सहभागी नगराउने निर्णय गरेको छ । तर, यो घटनाले नेपालभित्र भइरहेका तिब्बतसम्बन्धी गतिविधिमाथि चीनको निगरानी बढेको गरेको विश्लेषण गरिएको छ ।

त्यसअघि काठमाडौंस्थित नामग्याल गुम्बामा दलाई लामाको जन्मजयन्ती पहिलोपटक गृह प्रशासनको औपचारिक स्वीकृतिमा मनाइएको थियो । नेपाल सरकारले अनुमति दिएको यो पहिलो घटना भएको दाबी गरिएको छ । कार्यक्रममा विभिन्न पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको उपस्थिति पनि थियो । यसले धार्मिक कार्यक्रमभन्दा बाहिर राजनीतिक सन्देश दिएको बुझाइ चीनले बनाउन सक्ने अवस्था सिर्जना गरेको छ ।

यसअघि जेन-जी विद्रोहलगत्तै दलाई लामा समर्थक रिन्पोछे नेपाल आएका थिए । उनको सुरक्षाका लागि सरकारी संयन्त्र परिचालन गरिएको थियो । संवेदनशील कूटनीतिक विषयमा राज्य आफैं सक्रिय देखिएको भन्दै त्यसलाई पनि चीनले चासोका साथ हेरेको पनि राजनीतिक विश्लेषक सुवेदी बताउँछन् ।

गत मार्चमा आयोजित एभरेस्ट फेस्टिभलमा ताइवानी झण्डा सार्वजनिकरूपमा फहराइएको घटनाले पनि चीनलाई असन्तुष्ट बनाएको बताइन्छ । नेपालले लामो समयदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको अवस्थामा यस्तो दृश्य सार्वजनिक हुनु बेइजिङका लागि सहज विषय नरहेको विश्लेषण श्रेष्ठको छ । 

सरकार गठनपछि प्रधानमन्त्रीले दलाई लामाबाट शुभकामना प्राप्त गरेको विषय पनि चीनको चासोको सूचीमा परेको उल्लेख गरिएको छ । त्यसलाई सामान्य शुभकामनामात्रै नभई कूटनीतिक सन्दर्भमा पनि हेरिएको छ । यी सबै घटना एकपछि अर्कोे हुँदै सार्वजनिक भइरहेका बेला नेपालले विगतदेखि अवलम्बन गर्दै आएको सन्तुलित परराष्ट्र नीतिमाथि प्रश्न उठ्न थालेको छ । चीनले नेपालबाट निरन्तररूपमा एक चीन नीतिको सम्मान हुने अपेक्षा गर्दै आएको छ । तर, पछिल्लो गतिविधिले त्यो प्रतिबद्धता कमजोर बन्दै गएको सन्देश गएको टिप्पणी कूटनीतिक वृत्तमा हुन थालेको छ ।

पछिल्लो घटनाक्रमलाई मात्रै होइन, त्यसअघिका गतिविधिलाई पनि चीनले निरन्तर नियालिरहेको कूटनीतिक वृत्तको बुझाइ छ । विशेषगरी जेन-जी विद्रोहपछि भएका घटनाले बेइजिङको चासो बढाएको बताइन्छ । जेन-जी विद्रोहका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान गर्न सरकारले दुई छुट्टाछुट्टै आयोग गठन गरेको थियो । एउटा आयोगको नेतृत्व गौरीबहादुर कार्कीले गरेका थिए । अर्कोे आयोगको नेतृत्व लिली थापाले गरेकी थिइन् ।

दुवै आयोगले आन्दोलनमा पहिले कहिल्यै नसुनिएको ‘टिओबी’ समूहको घुसपैठ भएको निष्कर्ष निकालेका थिए । उनीहरूले संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस पनि गरेका थिए । तर, ती सिफारिस प्रभावकारीरूपमा कार्यान्वयन नभएको उल्लेख गरिएको छ । त्यसपछि नेपालमा तिब्बतसँग सम्बन्धित गतिविधि झन् खुलारूपमा देखिन थालेको विश्लेषण गरिएको छ ।

अहिले अर्कोे संवेदनशील विषय दलाई लामाको उत्तराधिकारीको बहस बनेको छ । दलाई लामाको भावी अवतार कहाँ जन्मिने भन्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय शक्तिराष्ट्रबीच मतभेद देखिएको छ । अमेरिका, भारत र दलाई लामापक्षले नेपाललाई सम्भावित स्थानका रूपमा चर्चा गरिरहेका बेला चीनले भने नयाँ दलाई लामा आफैंले चयन गर्ने अडान दोहोर्‍याउँदै आएको छ । यस्तो अवस्थामा नेपालभित्र तिब्बतसँग सम्बन्धित गतिविधि बढ्दै जानुलाई चीनले थप गम्भीररूपमा हेर्न थालेको चर्चा छ ।
 


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम राख्न आग्रह
विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम राख्न आग्रह सोमबार, साउन १८, २०८३
दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन सोमबार, साउन १८, २०८३
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह सोमबार, साउन १८, २०८३
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP