Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • कृषि पर्यटनबाट रोजगारीमा वृद्धि
कृषि पर्यटनबाट रोजगारीमा वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२

काठमाडौं - काठमाडौंको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्गानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । 

ताप्लेजुङकी बन्दी शेर्पाले सञ्चालन गर्दै आएको उक्त फार्म हाउसले हाल आठ जनालाई रोजगारी पनि दिएको छ । करिब १५ वर्षदेखि सञ्चालित यो फार्ममा नियमित रूपमा गाईपालन, बाख्रापालन र अर्गानिक तरकारीखेती हुँदै आएको छ । 

शेर्पाले फार्मसँगै अर्गानिक रेस्टुरेन्ट पनि सञ्चालन गरेका  छन्  । यहाँ फार्ममा उत्पादित ताजा र अर्गानिक सामग्री प्रयोग हुँदै आएको उनले बताए । उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले स्वस्थ्य, स्वादिलो र पौष्टिक परिकारको स्वाद लिन पाए  ।

Hardik health

बिदा तथा विशेष दिनमा सयौँको सङ्ख्यामा पर्यटक र आगन्तुकको घुइँचो लाग्ने गरेको भन्दै शेर्पाले भने “कृषिलाई केवल खेतमा सीमित नराखी, पर्यटन र रेस्टुरेन्टमार्फत नयाँ ढङ्गले प्रस्तुत गर्दा आम्दानीको प्रशस्त स्रोत बन्न सक्छ ।” उनका अनुसार फार्म हाउसबाट वार्षिक लाखौंँ आम्दानी भइरहेको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको उनको भनाइ छ ।

“विदेश पलायन होइन, देशमै केही गर्ने आँट र इमान्दारी भए यहाँ पनि सुन फल्छ”, शेर्पाले युवाहरूलाई आग्रह गर्दै भने, “अर्गानिक कृषि र पर्यटनको संयोजन भविष्य हो । यसमा लगानी र मेहनत गरे सफल बन्न सकिन्छ ।”

फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरता तर्फको बाटो खोलिदिएको उनले बताए। यस्ता लघु उद्यमले नेपालको ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ । 

यस्ता उद्यमलाई सरकारी सहयोग, प्रविधि हस्तान्तरण, र बजार पहुँचको सहयोग मिल्यो भने नेपालमा अर्गानिक कृषि र कृषि पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई उल्लेखनीय गति दिन सकिने उनको धारणा छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित बिहीबार, माघ ८, २०८२
घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी
घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी बिहीबार, माघ ८, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य बिहीबार, माघ ८, २०८२
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण मंगलबार, माघ ६, २०८२
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सोमबार, माघ ५, २०८२
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित सोमबार, माघ ५, २०८२
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP