Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पूर्वविशिष्टलाई ‘सुविधाभोगी’ नबनाऊ 
पूर्वविशिष्टलाई ‘सुविधाभोगी’ नबनाऊ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३, २०८१

पूर्वविशिष्ट व्यक्तिहरुलाई सुविधा दिन कानुन बनाउने तयारी गरिरहँदा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी विरोध भएको छ । मुलुक आर्थिकरुपमा निकै कमजोर अवस्थामा रहेकै बेला पूर्वविशिष्टहरुका नाममा सुविधा बढाउने प्रयत्न गर्नु भनेको जनतामाथि घात गरेको ठहर्छ । निजामती सेवामा कार्यरत रही ५८ वर्षे सेवापश्चात् अवकाश प्राप्त कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको ‘पेन्सन’ समेत वैदेशिक ऋणबाट उपलब्ध गराइरहेको देखिन्छ ।

यस्तो अवस्थामा मुलुकलाई थप आर्थिक भार पर्ने गरी पूर्वविशिष्टहरुलाई थप सुविधा दिनु किमार्थ उचित होइन । पूर्वराजादेखि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वगृहमन्त्रीसम्मले पनि सरकारी सुविधा लिएको देखिन्छ । यसरी जनतालाई निराश बनाउनेगरी पूर्वविशिष्टहरुका लागि मासिक करोडौं रुपैयाँ खर्च गरेर अनि थप सुविधा बढाउने कानुनको तयारी गरिरहँदा वर्तमान सरकार कति सुविधाभोगी छ भन्ने कुराको पुष्टि गर्दछ । 

अहिलेको परिप्रेक्ष्यमा पूर्वविशिष्ट भन्नेहरुहरुले राज्यलाई के दिए ? उनीहरुबाट राज्यले के पाए भन्ने प्रश्न उठ्न थालेको छ । बरु तिनै विशिष्टहरुले पदमा रहँदा राज्यको ढुकुटीमा ब्रह्मलुट गरेको जनआक्रोश छ । त्यो आक्रोशलाई चिर्नका लागि गणतन्त्रमा जनताको शासन चल्नुपर्ने थियो । तर यसका शासकहरु सेवा सुविधाभोगी भएका कारण पछिल्लो समय गणतन्त्र र संघीयतामाथि नै प्रश्न उठिसकेको छ । 

Hardik health

व्यवस्थामाथि नै प्रश्न उठिरहेको बेला सरकारले पूर्वविशिष्टहरुलाई सुविधाभोगी बनाउनेगरी कानुन कुनै हालतमा पनि ल्याउनु हुँदैन । जुन बेलासम्म व्यक्ति विशिष्ट पदमा बहाल रहन्छ त्यस अवधिसम्ममात्र राज्यले सुविधा दिने र पद बहाल नरहेपछि कुनै पनि सुविधा नदिने कानुन बन्नुपर्दछ । हरेक कुरा विदेशीको सिको गर्नेले राज्यको स्रोत दोहनका लागि सुविधाभोगी कानुन ल्याउनुको साटो तिनै विदेशी विशिष्ट व्यक्तिहरुजस्तै गरी पद समाप्त भएसँगै राज्यको सेवा पनि समाप्त गर्नेगरी कानुन ल्याउन सक्नुपर्दछ ।

यदि वर्तमान सरकारले पूर्वविशिष्टहरुलाई सुविधाभोगी बनाउने किसिमले कानुन निर्माण गर्ने प्रयास ग¥यो भने त्यसले विद्रोह निम्त्याउँछ । जनविद्रोह निम्तनेगरी पूर्वविशिष्टहरुलाई सुविधा दिने योजना नै खारेज होस् । सरकार साँच्चै नै नागरिकको सरकारका रुपमा आफूलाई रुपान्तरण गर्न चाहन्छ भने कुनै पनि पूर्वविशिष्टहरुलाई उपलब्ध गराउँदै आएको सरकारी सुविधा सदाको लागि अन्त्य गरोस् । 

पूर्वविशिष्ट पदमा पुगेका व्यक्तिमात्र होइन, सुरक्षा निकायमा कार्यरत उच्च पूर्वकर्मचारीहरुले समेत सुविधा लिएका छन् । कानुन भएका वा कानुन विपरीत लिएका त्यस्ता सुविधासमेत खोसेर सरकारले नागरिकहरुको हितमा लगाउन सक्नु पर्दछ र मात्र सरकार साँच्चैको जनताको सरकार बन्न सक्छ । सरकारको ध्यान नागरिकको सरकार बन्नेतर्फ जाओस् । 
 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP