Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कृषि
  • Home
  • कृषि
  • मेवाका बिरुवाको माग बढ्दो
मेवाका बिरुवाको माग बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०८१

चितवन - जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवाको माग बढ्दै गएको छ । व्यावसायिक कीट विकास फार्म भण्डारले उन्नत जातको मेवाका बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि माग बढेको हो ।

कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको जग्गामा लगाइएका बिरुवा बिक्रीका लागि तयार भएका छन् । उनले भने, “थोरै बिरुवा उत्पादन गरिएको भए पनि माग उच्च छ ।” अहिले चार हजार बीउ लगाइएकामा तीन हजार हाराहारी बिरुवा उत्पादन भएका छन् । उहाँका अनुसार रेड लेडी जातको मेवाका बिरुवा उत्पादन गरी बिक्री गर्न थालिएको हो । यो ताइवानको बीउ हो ।

यो मेवा फल धेरै लाग्ने र छोटो समयमा खानका लागि तयार हुने गर्दछ । गत माघको दोस्रो साता लगाइएको बीउका बिरुवा अहिले रोप्नका लागि तयार भएका हुन् । अझै एक हप्तापछि रोप्न उपयुक्त हुने उनले बताए । बिरुवा रोपेको दश महिनापछि राम्रो उत्पादन दिने गर्दछ ।

Hardik health

कार्यालयका कृषि प्राविधिक पवनकुमार यादवका अनुसार उन्नत जात भएकाले एक वर्ष उत्पादन लिएर पुनः बिरुवा लगाउँदा उपयुक्त हुन्छ । यसले पनि दुई–तीन वर्षसम्म पनि फल भने दिने गर्दछ । पछिल्लो वर्षमा उत्पादन क्षमता घट्दै जाने उनको भनाइ छ । उत्पादन राम्रो हुने भएकाले किसानले बिरुवाको माग धेरै गरेका छन् । हालसम्म चार हजारभन्दा बढी बिरुवाको माग भइसकेको छ । पहिला नाम टिपाउनेलाई बिरुवा दिने उनले बताए ।

दुई पटक गरेर बिरुवा उमार्ने लक्ष्य लिइएको भए पनि बीउ नपाउँदा दोस्रो लट रोप्न नपाएर मागअनुसार दिन नसकिएको हो । धेरै एकैचोटी लगाउँदा खेर जान सक्ने भएकाले सुरुमा थोरै लगाइएको उनले  बताए। कार्यालयले चार वर्षअघिदेखि मेवाको बिरुवा उत्पादन सुरु गरेको हो ।

स्थानीय जातका मेवाभन्दा धेरै उत्पादन दिने र स्वादमा फरक पाइने यो जातका बिरुवाको माग बढेपछि आगामी वर्षमा उत्पादन बढाउने उनले बताए । उनका अनुसार मेवाका बिरुवालाई प्रतिगोटा रु ३५ मा बिक्री गरिएको छ । अहिले चितवनसहित मकवानपुर, धादिङलगायतका जिल्लाबाट मेवाका बिरुवाको माग आएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP