Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटक पर्खिरहेको थामचौर
पर्यटक पर्खिरहेको थामचौर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०८१

ढोरपाटन - समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अझ यहाँबाट देखिने दृश्यले धेरैलाई मोहित पार्छ । उत्तरतिर सेताम्य हिमशृङ्खला, लालीगुराँस फुलेर रातम्या बनेका जङ्गल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो । 

भौगोलिक विकटताका कारण हालसम्म ओझेलमा रहेको थामचौरमा पछिल्लो समय छिटफुट आन्तरिक पर्यटक पुग्न थालेका छन् । मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित छैन । शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मेटाउँछ । 

बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी वा पैदल दुवै किसिमले पुग्न सकिन्छ । भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाई दिन्छ । आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।

Hardik health

थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुमलगायत थुप्रै ठाउँ एकै स्थानबाट सहजै देख्न सकिन्छ । त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु नजिकैबाट देख्न सकिन्छ । अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जङ्गल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रूपमा लिइन्छ ।

यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयवासीले आँटो, ढिँडो, लोकल कुखुरा, बोकाको मासु, मकैको रोटीलगायतका स्थानीय परिकार खुवाउने गर्छन् । पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरिरहेको छ । विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले सार्वजनिक शौचालय, पोखरी, मन्दिर र पर्यटकका लागि बस्ने ट्रस्ट भवन निर्माण गरेको छ । बडिगाड गाउँपालिका–७ का स्थानीय रेखीराम बुढाले दशक अगाडि गाउँलेले वस्तुभाउ चरन क्षेत्रको रूपमा प्रयोग गर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्न थालेको बताए ।

थमचौरमा बागलुङ र गुल्मीको विभिन्न स्थानबाट वनभोजका लागि पर्यटक आउने गरेका छन् । हरेक वर्ष नयाँ वर्ष र होली पूर्णिमाका दिन एक हजार बढी पर्यटक यहाँ आउने बुढाले बताए । बाह्रै महिना पर्यटक भित्र्याउनका लागि राज्यले व्यवस्थित सडक निर्माण गर्नुका साथै प्रचारप्रसार गर्नु पर्ने उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गको भिमगिठे बजारबाट गाडीमा ४५ मिनेट र करिब तीन घण्टाको पैदल यात्रामा थामचौर पुग्न सकिन्छ । बडिगाडले थामचौरलाई प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए। हालसम्म पालिकाले करिब रु ५० लाखको हाराहारीमा पूर्वाधार निर्माणमा खर्च गरेको छ । भौगोलिक कठिनाइका कारण सडकलाई व्यवस्थित बनाउन नसकेको उनले बताए।

अध्यक्ष अधिकारीले भने, “पालिकाको बजेटले मात्रै थामचौरसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन सक्ने अवस्था छैन, यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ, यद्यपी पालिकाबाट पनि धेरै लगानी गरेर अहिले पर्यटक आवतजावत गर्न सक्ने सडक बनाएका छौँ, यति सडकलाई ग्राभेलसम्म गर्न पाए यहाँ पर्यटकको आगमन बढ्ने थियो ।”


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड आइतबार, चैत २२, २०८२
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’ शुक्रबार, चैत २०, २०८२
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार बिहीबार, चैत १९, २०८२
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन बुधबार, चैत १८, २०८२
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने बुधबार, चैत १८, २०८२
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’ बुधबार, चैत १८, २०८२
सुन दहलाई विशेष गन्तव्य बनाउन पहल
सुन दहलाई विशेष गन्तव्य बनाउन पहल बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP