Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कर्मकाण्डी नबनोस् बजेटको मार्गदर्शन
कर्मकाण्डी नबनोस् बजेटको मार्गदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०८१

अर्थ मन्त्रालयले सधैंझैं यसपटक पनि बजेटको मार्गदर्शन जारी गरेको छ । आठबुँदे मार्गदर्शन झट्ट हेर्दा लोकप्रिय देखिन्छ । तर कार्यान्वयन के हुने हो त्यो भने हेर्नै बाँकी छ । निर्वाचनमा आफ्नो क्षेत्रमा विकास ल्याउँछु भन्दै वाचा कसेर नेताहरु चुनाव जितेर आएका हुन्छन् ।

विशेषगरी प्रभावशाली नेताहरु र सत्तारुढ दलका नेताहरु अहिले बजेट आफ्नो क्षेत्रमा पार्न मन्त्रालय मन्त्रालय चहार्न थालेका छन् । खासगरी प्रमुख राजनीतिक दलका प्रमुखहरु आफ्नो क्षेत्रमा बजेट पार्न सफल हुन्छन् पनि । मन्त्रीहरु पनि सकेसम्म आफ्नो क्षेत्रलाई चुनावी आधार बनाउन बजेट छुट्याउन माहिर छन् । यसोत्यसो गर्दा मार्गदर्शनलाई बिर्सेर मन्त्रीहरु दोहोरोतेहोरो बजेट पार्न खोज्छन् ।

राजस्व उठाउन नसक्दा पछिल्लो समय सरकार समस्यामा परेको छ । अन्तर्राष्ट्रिय व्यापार घाटा असन्तुलित तवरले घटेको छ । असुरक्षा, भ्रष्टाचार आदिका कारण परियोजनाहरु बेलैमा पूरा नहुँदा लगानीको जोखिम बढेका छन् । जसले गर्दा सरकारलाई स्रोत सुनिश्चित गर्न निकै अप्ठेरो परिरहेको छ । यस्तो अवस्थामा यथार्थपरक बजेट प्रस्ताव हुनुपर्ने मार्गदर्शन निकै राम्रो हो । अत्यावश्यक र खर्चमा मितव्यायिता शब्दहरु पनि सुन्दा मिठा छन् । स्रोत छर्ने प्रवृत्तिलाई पनि निरुत्साहित पार्ने विषयलाई जोड दिइएको छ ।

Hardik health

यसपटक राष्ट्रिय योजना आयोगले स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित पार्नुपर्ने सुझाव दिँदै आएको छ । अहिले काठमाडौं बाहिर निस्कने हो भने मुख्य मार्गहरु निर्माणको क्रममा छ । पश्चिम पुग्ने महेन्द्र लोकमार्ग होस् या पूर्व छिचोल्ने बिपी राजमार्ग, हेटौंडा निस्कने सडक, अरनिको लोकमार्ग, सबै निर्माणकै क्रममा छ । जुन कहिले पूरा हुने हो मिति यकीन छैन । सर्वसाधारण यसबारे निर्धक्क भन्छन्– राज्य लागे केही समय लाग्दैन । तर राज्यको ढुकुटी बलियो छ त ? प्रश्न यहीनेर आएर अड्किन्छ । विगतमा बजेट छर्दा भारमाथि भार पर्दै आएको छ । त्यसमाथि विपद्को पूर्वानुमान गर्न नसक्दा यस्ता पूर्वाधारहरुमा विदेशी निकायको भर पर्नु सरकारको बाध्यता बनेको छ ।

सरकारले गेट, टावर, स्थानीय तहको भव्य भवनहरुमा चर्को बजेट खर्च गर्दा अर्को भार थपिएको छ । प्रदेशहरु मन्त्री क्वाटर बनाउने होडमा खर्च बढ्दो छ । यी विषयलाई मार्गदर्शनले छुन सकेको छैन । यसैले यस्ता विषयमा पनि बजेट निर्माणमा ध्यान देओस् । 


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP