Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको पेट्रोल पम्पमा विदेशी कामदार राख्न पाइने  
मलेसियाको पेट्रोल पम्पमा विदेशी कामदार राख्न पाइने  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

काठमाडौं– मलेसिया सरकारले त्यहाँका पेट्रोल पम्पमा विदेशी कामदार भर्ना गर्न पाउने निर्णय गरेको छ । यो निर्णयसँगै मलेसियाका पेट्रोल पम्पहरुमा सञ्चालन हुने क्याफे तथा पसलहरुमा सरसफाइ तथा मर्मतसम्भारका लागि विदेशी कामदारले अवसर पाउने भएका छन् । 

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले पेट्रोल पम्पहरुले विदेशी कामदार राख्न पाउने निर्णय गराएको त्यहाँको सञ्चारमाध्यम ‘द स्टार’ले जनाएको छ । मलेसियाले सन् १९९५ देखि पेट्रोल स्टेसनहरुमा विदेशी कामदार भर्ना गर्न नपाइने नियम लागू गरेको थियो । स्थानीयलाई नै रोजगारी दिनुपर्ने सर्त राख्दै त्यहाँको सरकारले विदेशी कामदार भर्ना गर्न बन्देज लगाए पनि स्थानीयले काम गर्न रुचि नदेखाएपछि पेट्रोल स्टेसन सञ्चालकहरुले कामदारको अभाव झेल्दै आएको बताइएको छ । 

पेट्रोल स्टेसनहरुमा काम गर्ने जनशक्ति आकर्षक पारिश्रमिक पाउने गरेका कारण पनि स्थानीयलार्ई प्राथमिकता दिएको हुनसक्ने बताइन्छ । पेट्रोल पम्पमा काम गर्न दक्ष कामदार चाहिने भएकाले उनीहरुको मासिक पारिश्रमिक न्यूनतम दुई हजार ३१० रिंगेट हुने व्यवस्था छ । यद्यपि, मलेसिया सरकारको निर्णयले विदेशी कामदारलाई पेट्रोल स्टेसनमा काम गर्ने अवसर खुलेको छ । साथै, त्यहाँका मानव संशाधनमन्त्री स्टिभन सिमले विदेशी कामदारलाई सप्लाई कम्पनीमार्फत नभई सीधै पेट्रोल स्टेसनहरुले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

Hardik health

२४सै घण्टा चल्ने पेट्रोल पम्पहरु कामदारको अभावमा प्रतिदिन १८ घण्टामात्रै चलाउनुपर्ने अवस्था रहेको र राजस्वमासमेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको बताइन्छ । गत मे ३१ देखि विदेशी कामदारको नयाँ भर्ना लिन बन्द गरेको मलेसिया सरकारलाई कामदारको अभाव हुँदै गएपछि त्यसको व्यवस्थापन गर्न दवाव बढ्दै गएको छ । जसका कारण विभिन्न क्षेत्रको वर्गीकरण गर्दै नयाँ विदेशी कामदार भर्ना गर्ने मलेसिया सरकारले निर्णय गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘पछिल्लो समय आइरहेका खबरहरुले सुस्ताइरहेको मलेसिया रोजगारी तंग्रिन मद्दत पुग्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘कामदारको अभाव भएका विभिन्न क्षेत्रको वर्गीकरण गर्दै विदेशी कामदारको माग गर्न थालिएको छ ।’

अहिले पेट्रोल पम्पमा विदेशी कामदार लिने नीतिबाट नेपालीहरुले पनि लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ । साथै, अहिले पनि कृषि, प्लान्टेसन र सुरक्षा गार्डमा नेपाली कामदारको माग भइरहेको महासचिव भुर्तेलले बताए । थुप्रै व्यवसायीले मलेसिया कामदार पठाउन डिम्याण्ड ल्याए पनि मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण नगरिदिंदा रोजगारीको अवसर गुमिरहेको उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान बिहीबार, पुस २४, २०८२
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP