Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको पेट्रोल पम्पमा विदेशी कामदार राख्न पाइने  
मलेसियाको पेट्रोल पम्पमा विदेशी कामदार राख्न पाइने  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

काठमाडौं– मलेसिया सरकारले त्यहाँका पेट्रोल पम्पमा विदेशी कामदार भर्ना गर्न पाउने निर्णय गरेको छ । यो निर्णयसँगै मलेसियाका पेट्रोल पम्पहरुमा सञ्चालन हुने क्याफे तथा पसलहरुमा सरसफाइ तथा मर्मतसम्भारका लागि विदेशी कामदारले अवसर पाउने भएका छन् । 

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले पेट्रोल पम्पहरुले विदेशी कामदार राख्न पाउने निर्णय गराएको त्यहाँको सञ्चारमाध्यम ‘द स्टार’ले जनाएको छ । मलेसियाले सन् १९९५ देखि पेट्रोल स्टेसनहरुमा विदेशी कामदार भर्ना गर्न नपाइने नियम लागू गरेको थियो । स्थानीयलाई नै रोजगारी दिनुपर्ने सर्त राख्दै त्यहाँको सरकारले विदेशी कामदार भर्ना गर्न बन्देज लगाए पनि स्थानीयले काम गर्न रुचि नदेखाएपछि पेट्रोल स्टेसन सञ्चालकहरुले कामदारको अभाव झेल्दै आएको बताइएको छ । 

पेट्रोल स्टेसनहरुमा काम गर्ने जनशक्ति आकर्षक पारिश्रमिक पाउने गरेका कारण पनि स्थानीयलार्ई प्राथमिकता दिएको हुनसक्ने बताइन्छ । पेट्रोल पम्पमा काम गर्न दक्ष कामदार चाहिने भएकाले उनीहरुको मासिक पारिश्रमिक न्यूनतम दुई हजार ३१० रिंगेट हुने व्यवस्था छ । यद्यपि, मलेसिया सरकारको निर्णयले विदेशी कामदारलाई पेट्रोल स्टेसनमा काम गर्ने अवसर खुलेको छ । साथै, त्यहाँका मानव संशाधनमन्त्री स्टिभन सिमले विदेशी कामदारलाई सप्लाई कम्पनीमार्फत नभई सीधै पेट्रोल स्टेसनहरुले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

Nada Auto Show 2026
Hardik health

२४सै घण्टा चल्ने पेट्रोल पम्पहरु कामदारको अभावमा प्रतिदिन १८ घण्टामात्रै चलाउनुपर्ने अवस्था रहेको र राजस्वमासमेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको बताइन्छ । गत मे ३१ देखि विदेशी कामदारको नयाँ भर्ना लिन बन्द गरेको मलेसिया सरकारलाई कामदारको अभाव हुँदै गएपछि त्यसको व्यवस्थापन गर्न दवाव बढ्दै गएको छ । जसका कारण विभिन्न क्षेत्रको वर्गीकरण गर्दै नयाँ विदेशी कामदार भर्ना गर्ने मलेसिया सरकारले निर्णय गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘पछिल्लो समय आइरहेका खबरहरुले सुस्ताइरहेको मलेसिया रोजगारी तंग्रिन मद्दत पुग्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘कामदारको अभाव भएका विभिन्न क्षेत्रको वर्गीकरण गर्दै विदेशी कामदारको माग गर्न थालिएको छ ।’

अहिले पेट्रोल पम्पमा विदेशी कामदार लिने नीतिबाट नेपालीहरुले पनि लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ । साथै, अहिले पनि कृषि, प्लान्टेसन र सुरक्षा गार्डमा नेपाली कामदारको माग भइरहेको महासचिव भुर्तेलले बताए । थुप्रै व्यवसायीले मलेसिया कामदार पठाउन डिम्याण्ड ल्याए पनि मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण नगरिदिंदा रोजगारीको अवसर गुमिरहेको उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP