Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जैमिनीधाम पर्यटक  प्रवर्द्धनमा जुट्दै
जैमिनीधाम पर्यटक  प्रवर्द्धनमा जुट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २५, २०८१

गलकोट - जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ ।  जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो । 

ऐतिहासिक धार्मिकस्थलमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ ।

राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटक जैमिनीधाम दर्शनका लािग पुग्न थालेपछि पूर्वाधार निर्माण जोड दिइएको नगर उपप्रमुख हरिहर शर्माले बताए । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसार गरी पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ छ ।

“धार्मिक महत्वको क्षेत्रलाई प्रचारप्रसार गर्नुका साथै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएका छौँ । जैमिनी ऋषिको तपोभूमिलाई ध्यान केन्द्रका रूपमा विकास गर्न जग्गा व्यवस्थापन गरेका छौँ”, उपप्रमुख शर्माले भने । दीर्घकालीन योजना अनुसार जैमिनीधामको पुनःनिर्माण, सभाहल, आश्रयस्थल, पदमार्गलगायत संरचना निर्मायाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको उहाँले जानकारी दिए । 

Ncell
Hardik health

शर्माका अनुसार चालु आर्थिक वर्षमा रु २५ लाखको पूर्वाधार निर्माण गर्ने योजनासहित काम अघि बढेको छ । “नगरपालिकाले पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ । पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने अपेक्षा लिएका छौँ”, उनले भने ।

कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगाउन नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको भन्दै नगर उपप्रमुख शर्माले अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेकाले अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण अघि बढाउने उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाख लगानीमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण थालिएको जानकारी दिए ।

जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्ष भित्रै सम्पन्न गर्ने नगरपालिकाको योजना छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सङ्घीयतासँगै नगरपालिकाको नाम जैमिनी ऋषिको नामबाट राखिएको उपप्रमुख शर्माको भनाइ छ । उनका अनुसार यहाँ शङ्खशिला, देव शिला र नाग शिला, जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षणलगायत पूर्वाधार निर्माण गरिने छ ।

पूर्वाधार निर्माणका लागि करिब रु १४ करोड खर्च लाग्ने अनुमान छ । जैमिनीधाममा व्यवसाय गर्दै आएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरू बढेका बताए । उनले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकलाई जैमिनीधाममा रोक्न सकिने धारणा राखे ।

“पर्यटक भित्राउन र रोकिराख्न व्यवस्थित सडक, बस्ने स्थान, रमणीय वातावरण आवश्यक पर्दछ । कालीगण्डकी करिडोरमा अहिले कालोपत्रको काम भइरहेको छ । लुम्बिनीका पर्यटकलाई मुक्तिनाथ भित्राउने मुख्य मार्गका रूपमा परिकल्पना गरिएको करिडोर सम्पन्न भएसँगै यसको सकारात्मक प्रभाव जैमिनीधामलाई पुग्नेछ”, नायकले भने ।

वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिले योजना बनाएर कार्यान्वय थालेको हो । यसअघि जैमिनीधाममा यहाँको प्रसिद्ध माघे सङ्क्रान्ति मेला लाग्ने गरेकामा पछिल्लो केही वर्षदेखि उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP