Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कालोबजारी नियन्त्रणमा कडाइ गर
कालोबजारी नियन्त्रणमा कडाइ गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २२, २०८१

विपद्लाई कारण देखाउँदै अहिले हरेक क्षेत्रमा कालोबजारी मौलाएको छ । दसैं मान्न गाउँघर हिँडेका यात्रीलाई महँगो दरमा टिकट भिडाउनेदेखि दैनिक उपभोग्य सामानलाई दोब्बर तेब्बर मूल्यमा बेच्नेसम्मको तिकडम जारी छ । यद्यपि, यस विषयमा सरकारले कुनै चासो दिएको छैन । महँगी र ठगी नियन्त्रण कसले गर्ने ? नियमन गर्ने कुनै निकाय छैन ।

हुन त विपद्कै समयमा राज्यको उपस्थिति कतै देखिएन । तालुकदार मन्त्रालयको नेतृत्वमा बस्ने मन्त्रीहरु बाढीपहिरोले क्षति पुगेको आँगनसम्म पुग्न १० दिन लगाउँछन् भने त्यस्तो सरकार प्रमुखबाट के आशा गर्नु ? अहिले जनता कहिले सडक नभएको कारण देखाउँदै, कहिले बाटो लामो भएको भन्दै दोब्बरसम्म मूल्य तिर्दै बसको टिकट किन्न बाध्य छन् । सडकमा चापको कारण देखाउँदै हवाई यात्रामा उस्तै लुट जारी छ ।

उपभोग्य सामानमा ठगी उस्तै छ । तरकारीको भाउ त्यसैगरी बढ्दा सरकारी निकायलाई कहिले दसैं लाग्ला र ढुक्कले बसौंला जस्तो भएको छ । केही ठाउँमा सादा पोसाकको प्रहरी खटाएर व्यवसायी भड्काउने कामबाहेक सरकारले केही गर्न सकेको छैन । दसैंमै कमाउने मौका भन्दै व्यवसायीले पनि सर्वसाधारणलाई मर्कामा पारिरहेका छन् ।

Ncell
Hardik health

यस्तो बेला सरकारले अभिभावकको भूमिका निभाउनुपर्छ । व्यवसायी र सर्वसाधारण दुवैलाई मर्का नपर्नेगरी मूल्य निर्धारण गर्ने र यसको नियमन गर्ने भूमिकामा सरकार देखिनुपर्छ । दुवै पक्षको सहमति उल्लंघन गर्ने व्यवसायीविरुद्ध अनलाइन उजुरी सप्रमाण दिन मिल्ने व्यवस्था बनाउनुपर्छ । अहिलेको युग भनेको पारदर्शिताको युग हो । सर्वसाधारणले पनि आफू ठग्ने कम्पनीबारे सार्वजनिकरुपमा धारणा राख्नुपर्छ । यस्तो गरेमा व्यवसायी पनि सच्चिन बाध्य हुन्छन् । 

सचेत उपभोक्ता बन्ने अधिकार सर्वसाधारणलाई छ । आफूलाई अतिआवश्यक भएपछि महँगै तिरेर भए पनि चुपचाप किन्ने बानी खुला प्रतिस्पर्धात्मक व्यवसायका लागि निकै घातक हो । त्यसैले पनि उपभोक्ताले पनि यसबारे आवाज उठाउनुपर्छ । सरकारं मौन बस्नै हुँदैन । व्यवसायीले पनि अबका दिनमा आफूलाई अब्बल देखाउँदै लैजाने हो भने सेवा राम्रंो र गुणस्तरीय दिएर लुट बन्द गर्नुपर्छ । यसो गर्न सके न त सर्वसाधारण ठगिन्छन्, न त व्यसायी नै घाटामा पर्छन् । सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्दा जनताको विश्वास बढेर आउने छ । यसैले चाँडोभन्दा चाँडो कालोबजारी अन्त्य गरी सरकारले राज्य भएको अनुभूति दिलाओस् ।
 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP