Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • सद्‍भावको चाड यार्तुङ
सद्‍भावको चाड यार्तुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १८, २०८१
Hardik health

मनाङ -  हिमाली जिल्ला मनाङमा सद्भावको चाडका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ ।   विशेषगरी लामाले नाचेर पर्व मनाउने गरिन्छ । मनाङ ङिस्याङका सबैले खेती रोपिसकेपछि यार्तुङ पर्व मनाइन्छ । मनाङवासीले घोडालाई भगवान्का रुपमा पुज्ने गर्दछन् । यो खेतीपाती लगाउने याम सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने पर्व हो । घोडालाई मनाङमा महत्वपूर्ण साधनका रुपमा लिइन्छ । यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन गर्ने मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङले बताए । 
    
“वर्षा याममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्व तथा विशेषता हो”, उनले भने । यसले यहाँ आउने पर्यटकलाई आकर्षित गर्छ । यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउन टेवा पुगेको उनको भनाइ छ ।  
    
यार्तुङ पर्वका माध्यमबाट गाउँ, समाज र व्यक्तिबीच एकापसमा सामाजिक सद्भाव कायम हुने मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए  । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै अन्य स्थानमा यार्तुङ सुरु गर्ने चलन रहेको छ । “पहिलेको तुलनामा यार्तुङमा युवाको सहभागिता कम हुँदै गएको छ”, उनले भने । तर पनि निरन्तरता मनाङवासीले दिइरहेकै छन् । सामाजिक मूल्यमान्यताको पर्वलाई लोप हुनबाट जोगाउने प्रयास गरिरहेको उनको भनाइ छ । 

मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाङमा मनाउने चलन हटेको स्थानीय बताउँछन् । यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । जसले गर्दा यस पर्वलाई संरक्षण तथा निरन्तता दिनुपर्ने देखिन्छ । मनाङका वेषभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु मनाङीको कर्तव्य हो । यस संस्कृतिका माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्ने उनीहरुको बुझाइ छ ।    
    
बर्सेनी मनाङमा घोडा घट्दै गएको वडाध्यक्ष गुरुङले बताए । “पहिले घरघरमा दुई/तीन वटा घोडा पालिन्थ्यो । हरेक सामान ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो । अहिले सवारीसाधन आएपछि घोडाको प्रयोग घट्दै गएको छ । घोडापालन नै घट्दै गएको पाइन्छ । यसको कमी यार्तुङ पर्वमा प्रत्यक्षरुपमा देखिन्छ”, उनले भने । 
    
सडक नपुगेको अझै पनि घोडा नै प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमिमा सडक पुगेको छैन । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो ताल, अन्नपूर्ण पदमार्गअन्तर्गतको (५४१६ मिटर) थोराङ्ला भञ्ज्याङ जान चाहने पर्यटकलाई पु¥याउन घोडाको नै प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रुलाई घोडाका माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पु¥याउने गरिएको छ । 
    
हालसम्म सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका बासिन्दाको मुख्य सवारीसाधन घोडा नै हो । “सामग्री ढुवानी तथा आवतजावतका लागि स्थानीयले घोडाको प्रयोग गर्ने गर्छन्”, वडाध्यक्ष गुरुङले भने । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान घोडाको प्रयोग गर्दै आएका छन् ।  


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:५८
#यार्तुङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP