Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  •  ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’
 ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १७, २०८१

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताए।

उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गरे । उनले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिए  ।

सांसद डा चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे । उनले विद्यालय  शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । 

Sonam Lhosar
Hardik health

सांसद भण्डारीले मुलुकमा भ्रष्टाचार र अनियमितता हुनुमा योजनाविद् र विकासविद्हरु पनि रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।

सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकार भएकाको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए  ।

सांसद ज्ञानबहादुर शाहीले देश विकासका लागि जननिर्वाचित सांसद र जनप्रतिनिधिलाई स्वतन्त्र छाड्नुपर्ने जिकिर गरे । उनले काठमाडौँ महानगरभित्रको बजेट प्रभावकारी कार्यान्वयन हुन नदिन अवरोध खडा गरिएको भन्दै आपत्ति प्रकट गरे ।

सांसद रञ्जुकुमारी झाले मनसुनी वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढिरहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको कार्यलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज र प्रभावकारी बनाउन पनि माग गरे ।

सांसद अब्दुल खानले देशका विभिन्न ठाउँमा पुलपुलेसा निर्माणमा ठेकेदारले लापर्बाही गर्दा सर्वसाधरणका जनजीवन प्रभावित भएको, बाढी पहिरोका बेला पनि ढुङ्गामा चढेर नदी खोला पार गर्न र जीवन गुमाउन बाध्य भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 
    
सांसद रेखा यादवले प्रदेश सरकारमा मन्त्रालय विभाजन गरेर भागबन्डा गरिएकोप्रति आपत्ति प्रकट गर्दै मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी यस्ता कार्य रोकिनुपर्ने बताए। उनले चुरे संरक्षण भइरहेको कार्यप्रगतिबारे सदनमा जानकारी दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले वैदेशिक रोजगार विभागको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ताहाचलस्थित विभागको कार्यालय जाने बाटोमा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाको न्यायका लागि शान्तिपूर्ण आवाज उठाउँदा बेवास्ता गरिएको उनले गुनासो गरे ।  

सांसद प्रेम सुवालले सहकारी पीडितको माग सम्बोधन गर्न, डेङ्गु महामारी नियन्त्रण तथा सुनतस्करी नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले एसइई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर रहेको भन्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने माग गरे ।


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई  शिक्षा मन्त्रालयकाे चेतावनी
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी सोमबार, पुस १४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP