Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #एफडब्लुएलडी
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #‘द चेन्ज’
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • किसानको समस्या सम्बोधनमा ध्यान देऊ
किसानको समस्या सम्बोधनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १६, २०८१

असार १५ लाई नेपालीहरुले महत्वपूर्ण दिनको रुपमा मनाउँदै आएको छ । विशेषगरी किसानहरुका लागि यस दिनले विशेष महत्व राख्दछ । प्रत्येक वर्ष असार १५ गते दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा रहेको छ । साथै, सरकारले केही वर्षयता यस दिनललाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

‘मुठी रोपेर मुरी उमार्ने’ महिनाको रुपमा चिनिन्छ असार । यो महिना देशभरका किसानहरु रोपाइँमा व्यस्त हुन्छन् । सिँचाइको सुविधा नभएका अधिकांश क्षेत्रमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । समयमा पानी नपरिदिँदा किसानले रोपाइँ गर्न पाउँदैनन् । जसले धान उत्पादनमा असर पुर्‍याउने गरेको छ । 

शनिबार अर्थात् देशभर दही चिउरा खाएर असार १५ मनाइयो । यसैगरी राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्री, मन्त्रीलगायत खेतमै पुगे । यता राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमै रोपाइँ गरेर धान दिवस मनाए । पछिल्लो समय असार १५ नेताहरुको जात्रा जस्तै बनेको छ । एक दिन खेतमा पुगेर हिलो खेल्दै धान रोपेको देखाएर नाटक मञ्चन गरिरहेका हुन्छन् । जुन कार्य यो वर्ष पनि देखियो । यस दिनको महत्वलाई सार्थक बनाउन नेताहरुको यो हर्कत आवश्यक छैन । बरु किसानका समस्या हल गर्न पहल गरेर उनीहरुलाई सहजीकरण गरिदिनु आवश्यक छ । 

Hardik health

किसान कहिले पानी नपरेर त कहिले मलको अभावमा रोपाइँ गर्न नपाएको पीडामा हुन्छन् । यो वर्ष पनि केही स्थानका किसानहरुले मल नपाएको गुनासो गरिरहेका छन् । यस्ता समस्यामा चासो नदिने नेताहरु एक दिन हिलोमा लटपटिएर जात्रा देखाउनुको के अर्थ ? भन्नलाई कृषिप्रधान देश भन्ने तर खाद्यान्न आयातमै भर पर्नुपर्ने अवस्था छ । खेती किसानी गर्ने किसानको मर्का सरकारले नबुझिदिँदा खेती गर्नुको सट्टा वैदेशिक रोजगारीतर्फ लाग्नेको संख्या बढ्दो छ । भएका किसानलाई यही पेसामा टिकाउन सरकारसँग योजना छैन ।

धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भर पर्नुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । खेतमा गएर एक दिन जात्रा देखाउनुभन्दा यस्ता कुरामा ध्यान दिन सके किसान र देश दुवैका लागि लाभ हुने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर मंगलबार, मंसिर ९, २०८२
बागमती सङ्लो बनाउने प्रयास
बागमती सङ्लो बनाउने प्रयास सोमबार, मंसिर ८, २०८२
एमाले चुनावमा होमिन तयार बन
एमाले चुनावमा होमिन तयार बन आइतबार, मंसिर ७, २०८२
कांग्रेस कुहिरोका काग नबन
कांग्रेस कुहिरोका काग नबन शुक्रबार, मंसिर ५, २०८२
जेन–जी संयमित बन्‍नुपर्ने समय
जेन–जी संयमित बन्‍नुपर्ने समय बिहीबार, मंसिर ४, २०८२
उल्टो बाटोमा एमाले
उल्टो बाटोमा एमाले बुधबार, मंसिर ३, २०८२
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP