Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • किसानको समस्या सम्बोधनमा ध्यान देऊ
किसानको समस्या सम्बोधनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १६, २०८१

असार १५ लाई नेपालीहरुले महत्वपूर्ण दिनको रुपमा मनाउँदै आएको छ । विशेषगरी किसानहरुका लागि यस दिनले विशेष महत्व राख्दछ । प्रत्येक वर्ष असार १५ गते दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा रहेको छ । साथै, सरकारले केही वर्षयता यस दिनललाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

‘मुठी रोपेर मुरी उमार्ने’ महिनाको रुपमा चिनिन्छ असार । यो महिना देशभरका किसानहरु रोपाइँमा व्यस्त हुन्छन् । सिँचाइको सुविधा नभएका अधिकांश क्षेत्रमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । समयमा पानी नपरिदिँदा किसानले रोपाइँ गर्न पाउँदैनन् । जसले धान उत्पादनमा असर पुर्‍याउने गरेको छ । 

शनिबार अर्थात् देशभर दही चिउरा खाएर असार १५ मनाइयो । यसैगरी राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्री, मन्त्रीलगायत खेतमै पुगे । यता राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमै रोपाइँ गरेर धान दिवस मनाए । पछिल्लो समय असार १५ नेताहरुको जात्रा जस्तै बनेको छ । एक दिन खेतमा पुगेर हिलो खेल्दै धान रोपेको देखाएर नाटक मञ्चन गरिरहेका हुन्छन् । जुन कार्य यो वर्ष पनि देखियो । यस दिनको महत्वलाई सार्थक बनाउन नेताहरुको यो हर्कत आवश्यक छैन । बरु किसानका समस्या हल गर्न पहल गरेर उनीहरुलाई सहजीकरण गरिदिनु आवश्यक छ । 

Hardik health

किसान कहिले पानी नपरेर त कहिले मलको अभावमा रोपाइँ गर्न नपाएको पीडामा हुन्छन् । यो वर्ष पनि केही स्थानका किसानहरुले मल नपाएको गुनासो गरिरहेका छन् । यस्ता समस्यामा चासो नदिने नेताहरु एक दिन हिलोमा लटपटिएर जात्रा देखाउनुको के अर्थ ? भन्नलाई कृषिप्रधान देश भन्ने तर खाद्यान्न आयातमै भर पर्नुपर्ने अवस्था छ । खेती किसानी गर्ने किसानको मर्का सरकारले नबुझिदिँदा खेती गर्नुको सट्टा वैदेशिक रोजगारीतर्फ लाग्नेको संख्या बढ्दो छ । भएका किसानलाई यही पेसामा टिकाउन सरकारसँग योजना छैन ।

धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भर पर्नुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । खेतमा गएर एक दिन जात्रा देखाउनुभन्दा यस्ता कुरामा ध्यान दिन सके किसान र देश दुवैका लागि लाभ हुने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP