Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सकियो ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’
सकियो ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ११, २०८१

सिन्धुपाल्चोक  - सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ सम्पन्न भएको छ । नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा असार १० र ११ गते भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’मा सम्पन्न भएको छ ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक  साहसिक जलयात्रा  प्रतियोगितामा र्‍याफ्टिङ र काएकिङ प्रतिस्पर्धा भएको थियो । नाै किलाेमिटर लामो दुरी रहेको साहसिक जल पर्यटन खेलमा र्‍याफ्टिङ पुरूषको १३ टिम र महिलाको एक टिम  गरी १४ टिम रहेको थियो भने  कायाकिङमा २५ पुरूष र २ महिला गरी २७ जनाको सहभागिता रहेको थियो ।

र्‍याफ्टिङ प्रतियोगितामा २९ मिनेट ५१ सेकेन्डमा दुरी पार गरी पहिलो स्थान स्थानिय भोटेकोशी एडभेन्चर क्लबले लिन सफल भएको छ ।३१ मिनेट ७ सेकेन्डमा दुरी पार गरी  द्वितीय स्थानमा स्थानिय र्‍याफ्टिङ स्टार हुन सफल भएको छ। यसैगरी ३१ मिनेट ३४ सेकेन्डमा दुरी पार गरी तृतीय स्थान त्रिभुवन आर्मी क्लब ए ले लिन सफल भएको छ। 

Ncell
Hardik health

विजयी हुने प्रथम ,भोटेकोशी एडभेन्चर क्लबले ४० हजार रुपैयाँ, दोस्रो हुने र्‍याफ्टिङ स्टारले २० हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने त्रिभुवन आर्मी क्लब लाई १० हजार रुपैयाँका साथै विजेता खेलाडीहरूले मेडल र प्रमाण पत्र पाएका छन् ।  

कायाकिङ खेलतर्फ  २७ सहभागीलाई पछाडि पार्दै  सुरेन्द्र माझीले ३० मिनेट ५१ सेकेन्ड दुरी पार गरी प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगद जित्न  सफल भएका छन् , ।कृष्ण खड्काले ३० मिनेट ५४ सेकेन्डमा सो दुरी पार गरेर दोस्रो भई  १० हजार रुपैयाँ जितेका  छन्  । विजय माझीले ३१ मिनेट ०३ सेकेन्डमा सो दुरी पार गरेर तृतीय भई ५ हजार रुपैयाँ नगद जितेका  छन् ।विजेताहरूलाई सिल्ड मेडल र नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्याजमेन्ट नाथमका विभागिय प्रमुख अजय ढकालले नेपालमा साहसिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमको आयोजनाले नेपालको साहसिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।  

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी खलालले नेपालको समग्र पर्यटनमा जल पर्यटन एउटा महत्वपूणर् प्रडक्ट भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड सधैं साथमा रहेर सहयोग गर्दै आईरहको बताए ।  यसै गरी नेपाल एशोसिसियसन अफ राफिटिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले नेपालको जल पर्पटन प्रर्वद्धनका लागि नाराले विगत २२ वर्ष देखि यस प्रकारका प्रतियोगिता आयोजना गर्दै आईरहेको बताउँदै आउने वर्ष नाराको स्वर्ण महोत्सव भएकोले थप प्रभावकारी रुपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए  ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्यद्वय नरेशलाल ,श्रेष्ठ, राजकुमार कार्की, राष्टिङ विज्ञ सुदीपराज गौतम,नाराका महासचिव नारायण श्रेष्ठ लगायतले नेपालको जल पर्यटन प्रर्वद्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै सरोकारवाला निकायले यसमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा पोखरा पर्यटा परिषद्, सोटो नेपाल, भिटोफ नेपाल लगायतका पर्यटनसंग सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधी सहभागी रहेका थिए । 


प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP