Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • टोखा नगरपालिकामा व्यापक भ्रष्टचार
टोखा नगरपालिकामा व्यापक भ्रष्टचार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ४, २०८१
ओमकृष्ण विमली

नेपाली कांग्रेस टोखा नगर समितिका सभापति ओमकृष्ण विमलीसंग वर्तमान राजनीतिक घटनाक्रम र टोखा नगरपालिका भित्र भएका गतिविधिको बारेमा गरिएको अन्तरवार्ताको सम्पादीत अंश :

१.तपाई राजनीति तर्फ कसरी आर्कषित हुनु भयो ?
म मा राजनीतिक चेतना भन्दा अगाडी सामाजिक चेतनाको विकास भएको जस्तो लाग्छ मलाई । हाम्रो घरमा म सानो हुँदादेखि नै सामाजिक विषयमा छलफलहरु, विचार विमर्षहरु हुने गर्दथे । मेरो बुबा त्यसबेलाको पढेलेखेको व्यक्तिमा गनिनुहुन्थ्यो । बुबा हाम्रो गाउँमा रहेको स्कुलमा प्रधानाध्यापकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।  त्यस कारणले पनि समाजका त्यस बेलाका समस्याका बारेमा समाजका विकास निर्माणका बारेमा बुबाको सकृय सहभागीता सधै हुने गर्दथ्यो ।

त्यसका साथै मेरो ६ वर्षको उमेर पुग्दै गर्दा २०३६ सालको निर्दल की बहुदल भन्ने विषयमा जनमत संग्रह हुँदै थियो । त्यस बेलाको राजनीतिक परिर्वतनको बारेमा हाम्रा गाउँ घरमा छलफल र वहसहरु हुने गर्दथे र बुबाको सकृयता त्यस बेला धेरै बढेको थियो । बुबा सधै जनताको अवस्था परिर्वतनको पक्षमा वकालत गर्नुहुन्थ्यो । अहिले आएर स्मरण गर्दा मेरो कलिलो मानसपटलमा सामाजिक, राजीतिक चेतनाको बिउ त्यसै बेला नै रोपिएछ जस्तो लाग्छ मलाई । 

२. राजनीति गर्न नेपाली कांग्रेस नै किन रोज्नु भयो ? 
राजनीतिक गर्न भन्दा पनि देशको सामाजिक, आर्थिक राजनीतिक परिर्वतनका लागि मैलै नेपाली कांग्रेस पार्टीलाई विश्वास गरे जस्तो लाग्छ । बाल्यकालको गाउँघरको परिवेश हुँदै स्कुल कलेज पुग्दा ममा एउटा स्पष्ट सामाजिक चेतनाको विकास भै सकेको थियो ।  म पूर्णत सामाजिक चरित्रको भै सकेको थियो । फेरी २०३६ सालको जनमत संग्रहले ल्याएको राजनीतिक चेतनाका लहरका साथै त्यस्का प्रमुख नेतृत्व महामानव विपी कोइरालाका बारेमा ६ वर्षको हुँदादेखी नै सुन्न पाएको थिएँ ।

Hardik health

स्कुल पछि कलेज अध्ययनका क्रममा मैले कम्युनिष्ट विचारधाराका साथसाथै विपी कोइरालाले वकालत गर्नुभएको प्रजातान्त्रीक समाजवादको बारेमा पढ्ने, सुन्ने र बुझ्ने मौका पाए । २०४६ सालमा नेपाली कांग्रेसका नेतृत्वमा प्रथम जनआन्दोलन भइरहँदा म अमृत साइन्स कलेजमा प्रथम आइएसी प्रथम वर्षमा अध्ययन गरिराखेको थिए ।   मेरो ठुलो दाई त्यस बेला शंकरदेव क्याम्पस बागबजारमा अध्ययन गर्दै हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघमा आवद्ध भएर सकृय हुनुहुन्थ्यो । पारिवारिक प्रभाव अनि आफ्नो राजनीतिक पृष्ठभूमिका आधारमा पनि मलाई त्यस बेला नेपाली कांग्रेस नै ठिक लाग्यो । अहिले आएर हेर्दा पनि मलाई मेरो निर्णय ठिक थियो भन्ने नै लाग्दछ । 

३.टोखा नगरमा नेपाली कांग्रेसको संगठनात्मक अवस्था कस्तो छ ?
टोखा नगरमा नेपाली कांग्रेसलाई माया, विश्वास गर्नेहरु धेरै हुनुहुन्छ । त्यस आधारमा भन्दा टोखा नगरमा नेपाली कांग्रेस बलिायो छ भन्ने नै हो । तर २०७९ को स्थानिय तहको निर्वाचन पछिको परिणाम हेर्ने हो भने स्थानिय तहमा प्रतिनिधित्वको हिसाबले हामी कमजोर देखिन्छौं । स्थानिय तहको निर्वाचनका गणितिय हिसाबमा हामी पछाडी पर्नुका धेरै कारणहरु छन् । 

हामी नेपाली कांग्रेस टोखा नगर कार्य समितिमा नेतृत्वमा आइसके पछि लगतै हामी स्थानिय तहको निर्वाचनमा होमियौं । स्थानिय तहको निर्वाचनका परिणामका कारणहरु केलाउन नपाउँदै हामीले २०७९ मंसिरको प्रदेश संघको निर्वाचनमा होमिनु पर्‍यो । हाम्रो टोखा नगर २ वटा निर्वाचन क्षेत्रमा बाँडिएको छ । यसका ६ वटा वडाहरु काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा पर्छन् भने ५ वटा वडाहरु निर्वाचन क्षेत्र नं. ६ मा पर्दछन् । हामीले संघ प्रदेशको निर्वाचनमा यसको ६ वटा वडा रहेको क्षेत्र नं. ५ (ख) मा प्रदेश जित्यौँ । क्षेत्र नं. ५ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भयौं । त्यसैगरी यसका ५ वडा रहेको निर्वाचन क्षेत्र नं. ६ (क) मा प्रदेश सभा जित्यौँ । यस आधारमा हेर्दा हामी टोखा नगरमा बलियो अवस्था मै छौं भन्ने हो । 

स्थानिय तहमा नेतृत्व नगर्दासम्म पार्टीले जितेको महसुश नहुने रहेछ । हामी संगठनलाई अझ बलियो, सशक्त, अतिशिल बनाउने कार्यमा छौं । स्थानिय तहको पराजयको कारणहरु प्रष्ट छन् । हामीले पार्टीको विधानले दिएका कार्यहरुलाई समय मै सम्पन्न गरेका छौं । बैठकहरु नियमित छन् । केन्द्रबाट आएका कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गरेका छौं । त्यस बाहेक हामीले नगर कार्यसमितिका विभिन्न खाले गोष्ठि, भेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि निरन्तर गरि राखेका छौं । हामी संगठनलाई सुदृढ, चलायमान बनाउनका लागि सकृय भएर लागी राखेका छौं । 

४.मुलुकमा अहिले ३ तहको सरकार छ । कांग्रेसको नगर सभापतिको हैसियतले टोखा नगरपालिकाको कामलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
मैले टोखा नगरपालिकाको गलत गतिविधिहरुका बारेमा बोलिरहँदा कतिपयलाई मेरो विरोध राजनीतिक हो भन्ने पनि लाग्छ । तर त्यो विलकुल हैन । टोखा नगरपालिका भित्रका काम, कारबाहीलाई हामीले निरपेक्ष ढंगले नियाली रहेका छौं । त्यहाँका तमाम गतिविधिहरुलाई केलाउँदा टोखा नगरपालिका सहि ढंगबाट चलेको छ भन्न सक्ने अवस्था छैन । आजसम्मको अवस्था हेर्दा टोखा नगरपालिकाले सुशासन दिन सकेको छैन् । त्यहाँ व्यापक भ्रष्टचार छ । त्यहाँका केहि शाखाहरुले योजनाबद्ध रुपमा आर्थिक भ्रष्टाचारलाई संस्थागत गरेका छन् । सेटिङमार्फत योजना वितरण गरी भ्रष्टचार गरिएको छ । कार्यालय सामान खरिद गर्ने सामानहरुमा व्यापक भ्रष्टाचार छ ।

त्यहाँका सवारी साधनका मर्मत संभारको नाममा व्यापक भ्रष्टचार गरिएको छ । सवारीसाधनका लागि आवश्यक डिजेल,पेट्रोलमा व्यापक भ्रष्टाचार छ । यहाँसम्मकी लक्षित वर्गका कार्यक्रमहरु सञ्चालनका लागि पनि विभिन्न संघसंस्था छनोटमा भ्रष्टचार छ । समग्रमा भन्नु पर्दा टोखा नगरपालिका भ्रष्टचारको अखडा बनेको छ । दुई कार्यकालदेखी टोखा नगरपालिकामा एमालेको नेतृत्व रहँदै आएको छ । अहिलेसम्मको अवस्था हेर्दा टोखा नगरपालिकामा एमालेको नेतृत्व अभिषाप सावित भएको छ ।

टोखा नगरपालिकामा भएका गलत कृयाकलापको केहि बुदाँगत दृष्टान्त प्रस्तुत गर्न चाहान्छु ।
–    दिगो विकासमा असफल – यहाँ तपाई हेर्नु होस, सडक बन्ने, भत्कने, मर्मत गरिने कार्यहरु वर्षै पिच्छे चलिराखेका छन् । बनेका सडकहरु बलिया र व्यवस्थित छैनन् ।
– खानेपानी वितरणमा असफल: खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् । प्रशस्त बोरिङहरु गाडिएका छन् तर पानीको वितरण छैन । 
– सार्वजनिक जग्गा संरक्षणमा उदासिन: त्यहाँ धेरै सार्वजनिक जग्गाहरु छन् । ति जग्गाहरुको पनि अतिक्रमणलाई रोक्न टोखा नगरले चासो दिएको छैन । यहाँको केहि सार्वजनिक जग्गाहरु मेयर, वडा अध्यक्षबाटै अतिक्रमण भई भाडामा लगाएर रकम असुल्ने कार्यहरु भइराखेको छ । हामीले निरन्तर आवाज उठाउँदा पनि त्यसलाई नदेखे झै नसुनेको झैं गर्ने गरिएको छ ।
–तोक आदेशको आतंक: यहाँका मेयरको यो दोस्रो कार्यकाल हो । वहाँले टोखा नगरपालिकामा तोक आदेश आतंककै मच्चाउनु भएको छ । नियम, कानुन मिचेर तोकका नाममा मनपरी ढंगबाट रकम वितरण अझसम्म रोकिएको छैन। हामीलाई सुन्नमा आए अनुसार रकमको सेटिङका आधारमा तोकमार्फत विकास बजेट बाँडिने गरिएको छ । 

यी त उदाहरण मात्र हुन्। यहाँ यति मनपरी छ त्यसको सम्बन्धित निकायले छानविन गर्न जरुरी छ । 

५.स्थानिय तहले प्राथमिकता राख्नु पर्ने कार्यहरु के–के हुन ?
समग्र  स्थानिय तहको कुरा गर्दा प्राथामिकताहरु भिन्न भिन्न हुन सक्छन् । हिमाली, पहाडी जिल्लाका स्थानिय तहका प्राथमिकताहरु सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी हुन सक्छन् । त्यसैगरी सुगम काठमाडौं जस्ता सहरहरुका प्राथमिकता अलि फरक हुन सक्छन् । तर मेरो विचारमा सबै स्थानिय तहको पहिलो प्राथमिकता सुशासनसहितको सामाजिक विकास हुनु पर्दछ । शिक्षा, स्वास्थ्य, आम नागरिकका लागि महंगो भएको छ ।

हामीले शिक्षा, स्वास्थ्यलाई निशुल्क गर्न सक्यौँ भने पनि ठुलो उपलब्धि हुन सक्दछ । यसबाट हालको अवस्थामा आम जनसमुदायले ठुलो राहत महसुस गर्ने छन् । स्थानिय तहले राम्रोसँग काम गर्न सकेन भने हालको व्यवस्थामाथि जनताको विश्वास हट्ने सम्भावना रहन्छ । त्यसकारण तिन वटै सरकारमा सबै भन्दा ठुलो भुमिका स्थानिय तहको हुन्छ जस्तो मलाई लाग्दछ ।


६.कांग्रेसबाट निर्वाचित स्थानिय तह, प्रदेश र संघका जनप्रतिनिधिको कामलाई कसरी हेर्नु भएको छ ?
कुनै पनि पार्टीमा सबै असल इमान्दार मात्र हुँदैनन् । त्यहाँ राम्रा नराम्रा दुवै हुने गर्दछन् । नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएका सबै तहका जनप्रतिनिधिले एकदमै राम्रो गर्नु भएको छ भनेर भन्यौ त्यो न्यायोचित हुँदैन । यहाँ इमान्दार, नैतिकवान, केहि राम्रो गरौं भन्नेको पनि कमी छैन । समग्रमा सबै पार्टीका निर्वाचित जनप्रतिनिधिबीच तुलना गर्ने हो भने हाम्रो भुमिका इमान्दारिता, जवाफदेहिता अरुको भन्दा बढि छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह आइतबार, जेठ १०, २०८३
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का शुक्रबार, वैशाख २५, २०८३
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धि हुन्छ: अध्यक्ष ढकाल
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धि हुन्छ: अध्यक्ष ढकाल बुधबार, वैशाख २३, २०८३
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की आइतबार, चैत १, २०८२
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP