Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #वार्षिक साधारणसभा
  • #आगाेलागी_घटना
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय
तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १५, २०८०

सुर्खेत -  तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । 

कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक पूर्वाधार विकास, शैक्षिक–प्राज्ञिक उन्नयन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास, व्यवस्थापकीय चुस्तता आदि विषयमा छोटो समयमा प्रगति गरेको पाइएको छ  ।

सात सङ्काय, ५० कार्यक्रम, २० प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी र १३ हजार विद्यार्थी रहेको १३ वर्षे सो विश्वविद्यालयमा पछिल्लो समयमा कृषि विषयको स्नातक पढाइ हुन थालेपछि विद्यार्थी पढ्दै कमाउँदै अभियानमा जोडिएका छन् । हर्बल उद्योगबाट साबुन, तेललगायत सामान उत्पादन हुन थालेको छ । विश्वविद्यालयले पुँजीगत खर्च शतप्रतिशत गर्न थालेको छ भने पाँच वर्ष अगाडि रु ४० करोड ५९ लाखमा रहेको बेरुजु हाल रु तीन करोडमा झारेको छ । 

पाँच वर्षअघि साढे सात हजार विद्यार्थी रहेकोमा अहिले १३ हजार पुगेका छन् । विश्वविद्यालयको हालको वार्षिक बजेट रु एक अर्ब २० करोड छ  । विश्वविद्यालयले कृषि उद्यमशीलतामा विश्वविद्यालय अनुदान आयोगबाट रु २७ लाखको बजेट प्राप्त गरेको छ भने नौ सय सटरबाट वार्षिक रु २५ करोड आम्दानी गराउने योजना कार्यान्वयनमा ल्याएको छ । पाठ्यक्रममा ७० प्रतिशत विश्वस्तर, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिता अपनाइएको छ ।
 
विश्वविद्यालयले कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब, एमयु होटेल, हर्बल प्रोसेसिङ युनिट स्थापना गरेको छ भने अनुसन्धान तथा विकास केन्द्र, केन्द्रीय पुस्तकालय, परीक्षा व्यवथापन कार्यालय भवन बनाउन सुरु गरेको छ । यस्तै जैविक तथा जलवायु परिवर्तन प्रयोगशाला, नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थपानाजस्ता नवीन कार्यसञ्चालन विश्वविद्यालयको नेतृत्वले गरेको छ । यसबीचमा विभिन्न ३५ विश्वविद्यालय र संस्थासँग सम्झौता भएको छ ।

Hardik health

बिडम्बना, विश्वविद्यालय सम्बन्धन, दरबन्दी र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न माग राखेर गत असोज १२ गतेदेखि केही प्राध्यापक र विद्यार्थी सङ्गठनबाट पदाधिकारी र विभागीय प्रमुखका कार्यालयमा भएको तालाबन्दी उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल सकिएर बिदाइ लिने समयसम्म पनि खुल्ने स्थिति छैन । उपकुलपति डा सिंहको कार्यकाल यही फागुन १७ गते सकिँदैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्याललयस्थित उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, ग्य्राजुएट स्कुलका डीन कार्यालय, निर्देशनालय, सेवा आयोगलगायतमा तालाबन्दी हुँदा दैनिक प्रशसन र सेवा प्रभावित भएको छ । 

चालु आर्थिक वर्षको दोस्रो चौमासिक निकासा अवरुद्ध हुँदा प्राध्यापक एवं कर्मचारीका तलब–भत्तालगायत सम्पूर्ण खर्च निकासमा समस्या आएको छ । तालाबन्दी गर्ने पक्षले राखेका माग विश्वविद्यालयले पूरा गर्न नसक्ने खालका भएको विश्वविद्यालयका पदाधिकारीको भनाइ छ । उपकुलपति सिंहको कार्यकाल सकिने भएकाले उहाँको सम्मानजनक बिदाइका लागि ताला खोलेर सहयोग गर्न यही फागुन १४ गते रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले सार्वजनिक आह्वान गरे पनि त्यसको सुनुवाइ भएको देखिएन । यसबीचमा विभिन्न मुद्दा–मामिला पनि विश्वविद्यालयले खेप्दै आएको छ । 

यही फागुन ११ गते सर्वाेच्च अदालतको आदेशबाट विश्वविद्यालयले गर्दै आएका सम्बन्धनलगायत कामको निरन्तरता हुन सहजता आएको छ । पाँच महिनादेखि विश्वविद्यालयमा ताला लगाउनेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, विश्वविद्यालयमा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठन छन् । 

विश्वविद्यालयले पटकपटक वार्ता र आह्वान गर्दै समस्याको समाधान गर्न पहल गरेको छ । उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ । तालाबन्दी गर्नेमध्येका प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सो विश्वविद्यालयका अध्यक्ष गीताराम ढकालले विश्वविद्यालयले बनाएको सम्बन्धनसम्बन्धी कार्यविधिको पालना नभइ आफूखुसी सम्बन्धन दिइएको, दरबन्दी स्वीकृत नगरी जनशक्ति नियुक्ति गरिएको र अन्य गलत कामको विरोधसहित आफूहरुले बाध्यतापूर्वक तालाबन्दी गरेको बताए ।

 उपकुलपति प्रा डा सिंह भने आफूहरुले मापदण्ड र विधिभन्दा बाहिर कुनै काम नगरेको र विधि मिच्न र कथित भागवण्डाका आधारमा लाभ लिन नपाएका नपाएकाहरुले अनावश्यक विरोध गरेको जिकिर गरे । नेपाल प्रगतिशील प्राध्यापक सङ्घ, मध्यपश्चिम विश्वविद्यालकका अध्यक्ष रामप्रसाद कँडेलले भने, “अवरोधकाबीच पूर्वाधार र प्राज्ञिक विकासका साथै करिब ३० वटा नीति र कार्यविधि बन्नु तथा तालिम  र अनुसन्धानात्मक काम हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।”

विश्वविद्यालयले पाँच सय रोेपनी जग्गामा पाँच तारे होटेल सञ्चालन, कृषि र बायोग्यास उत्पादनआदिका माध्यमबाट रोजगारी सिर्जना गर्न थालेको छ । फूल उत्पादनको हरित घर पनि विश्वविद्यालयले बनाएको छ । कृषि विषष्मा अध्ययनरत विद्यार्थी सृष्टि गिरी पढाइसँगै स्वदेशमा रोजगारीको अवसर सिर्जना हुनु सुखद विषय भएको बताए  । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् प्रा केदारभक्त माथेमा र समाजशास्त्री प्रा चैतन्य मिश्रसहितको टोलीले हालै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, विभिन्न सङ्कायका साथै रामघाटस्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीको अवलोकन गरी पदाधिकारीलाई प्रोत्साहन दिएको थियो ।
     
शिक्षाविद् माथेमाले मध्यपश्चिम विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक प्रयासले आफू प्रभावित भएको बताए । माथेमाले विश्वविद्यालय र शिक्षा प्रणालीमा दलीय राजनीति हुन नहुने बताउँदै विश्वविद्यालय सञ्चालन गर्न नेतृत्वमा सोच र त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपर्ने जनाए । प्रा मिश्रले उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले गरेको प्रयास र सुधारका कार्य सह्राहनीय रहेको बताउँदै विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टको व्यवस्था भएमा स्वामित्व र समर्पणभाव सिर्जना हुने विचार राखे ।
 
सो विश्वविद्यालयमा गत माघ ५ गते पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले भ्रमण गरी कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब तथा डिजिटल भवनको उद्घाटन गरेका थिए ।  गत माघ १५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ग्य्राजुएट स्कुल अफ एजुकेशनको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको थियो भने गत पुस ६ गते शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले भ्रमण गरी शिक्षक प्राध्यापकसँग अन्तरक्रिया गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित    
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित     सोमबार, मंसिर १५, २०८२
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि सोमबार, मंसिर १५, २०८२
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP