Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कृषि
  • Home
  • कृषि
  • उत्पादन प्रवर्द्धनका लागि साप्ताहिक कृषि हाटबजार
उत्पादन प्रवर्द्धनका लागि साप्ताहिक कृषि हाटबजार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०

वालिङ -स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो ।

किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र कार्कीले बताए ।

“किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले हाटबजार सञ्चालन गरेका हौँ”, उनले भने, “हिजोबाट हाटबजार सञ्चालनमा आएसँगै स्थानीय किसान उत्साहित हुनुहुन्छ ।” सिद्धार्थ राजमार्गको छेउमै सञ्चालन भएको हाटबजारबाट स्याङ्जा, पोखरा आवतजावत गर्ने यात्रुले बढी मात्रामा सामग्री खरिद गर्ने गरेका छन् ।

Hardik health

“बाटोमा हिँड्ने यात्रुले सवारीसाधन रोकेर हाटबजारमा रहेका आफूलाई आवश्यकपर्ने कृषि तथा पशुजन्य सामग्री लैजानुभयो”, उनले भने, “जसले गर्दा किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नभइ सहजरुपमा बिक्री भयो, आशा छ आगामी दिनमा किसानले अझै उत्पादन बढाउँदै लैजानु हुनेछ ।” 

प्रत्येक शनिबार सञ्चालन हुने कृषि हाटबजारलाई व्यवस्थित र नियमितरुपमा अगाडि बढाउने उनी बताउन्छन् । प्रत्येक शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म किसानले उत्पादन गरेका वस्तु तथा उत्पादित सामग्रीको खरिदबिक्री हुन्छ ।

स्थानीय उत्पादनलाई एकै ठाउँबाट खरिदबिक्री गर्नका लागि हाटबजार सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । “यहाँका किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित वस्तुमा १५ प्रतिशत नगद अनुदान दिन्छौँ”, उनले भने, “जसले गर्दा किसानले उत्पादनमा जोड दिनुभएको छ, उत्पादित वस्तुको सहज बजारीकरणमा ध्यान दिँदै साप्ताहिक हाटबजार सञ्चालनमा आएको हो ।”

गाउँपालिकाले २६ वटा तरकारी बालीको समर्थन मूल्य निर्धारण गरिदिएको छ । गाउँ-गाउँमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि ढुवानीमा समेत सहयोग गर्दै आएको उनले बताए । “सडककै छेउमा रहेकाले पनि पहिलो दिन नै राम्रो बिक्री भएको छ”, उनले भने, “यो राम्रो सुरुआत हो, यसको व्यवस्थापन र निरन्तरताका विषयमा थप जोड दिन्छौँ ।”

हाटबजारमा किसानले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य उत्पादन बिक्री गर्न पाउने र आफूलाई आवश्यक परेका औजार, उपकरण खरिद गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार बिहीबार, माघ २२, २०८२
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री बिहीबार, माघ २२, २०८२
अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्म : मुख्य आकर्षक गाई
अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्म : मुख्य आकर्षक गाई बिहीबार, माघ २२, २०८२
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी बुधबार, माघ २१, २०८२
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री बुधबार, माघ २१, २०८२
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड मंगलबार, माघ २०, २०८२
चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP