Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘व्यवसायीको हकहितका लागि समर्पित हुनेछु’
‘व्यवसायीको हकहितका लागि समर्पित हुनेछु’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ५, २०७९
Katuwal
Hardik health
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि शुक्रबार हुन गइरहेको निर्वाचनमा प्रगतिशील व्यवसायी समूहको राजेन्द्र भण्डारी प्यानलबाट रोशन कटवालले तृतीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । उक्त पदमा उम्मेदवारी दिनुको उद्देश्यलगायत संघको निर्वाचन सम्बन्धमा प्रभावले लिएको उम्मेदवार कटवालसँग गरेको कुराकानीको सारांशः तपाईंको उम्मेदवारी किन, एजेण्डा के–के छन् ? मेरो उम्मेदवारी व्यक्तिगत हुँदै होइन, साझा उद्देश्यका लागि काम गर्ने हो । व्यवसायीहरुको हितमा काम गर्नेछु । आज कुनै प्यानलमा भए पनि निर्वाचनपश्चात् हामी व्यवसायी एक हौ भन्नका लागि मेरो उम्मेदवारी हो । तृतीय उपाध्यक्षको हैसियतमा त्यस्तो ठूलो भूमिका पनि हुँदैन । हामी राजेन्द्र भण्डारी प्यानलको नेतृत्वमा निर्वाचनमा भाग लिइरहेका छौं र साझा एजेण्डा सार्वजनिक गरिसकेका छौं । यसलाई सबै व्यवसायीज्यूहरुले मनन गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । व्यवसायीका समस्याहरु समाधानका लागि तपाईंको भूमिका कस्तो रहन्छ ? आज २९औं साधारणसभासम्म आइपुग्दा हामीले थुप्रै समस्या र बेथिति भोगेका छौं । यसको समाधानका लागि हाम्रो टिम नै लाग्ने छ । तर पनि व्यक्तिगतरुपमा भन्नुपर्दा व्यवसायीले लिने सेवा शुल्कका कुरा, रोजगारीका लागि विदेश जानेहरुका समस्या र सरकारले व्यवसायीहरुलाई हेर्ने नजरमा परिवर्तन ल्याउन अग्रज व्यवसायीहरु र संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुसँग बसेर र आम व्यवसायीहरुसँगको परामर्शबाट एउटा निचोड निकाल्ने पहल हुन्छ । हामीलाई सरकारले नै दलालको ट्याग लगाएको छ, त्यसलाई चिर्ने गरी व्यवसायलाई कसरी मर्यादित र सम्मानित बनाउन सकिन्छ भन्नेमा हाम्रो टिम कटिबद्ध भएर लाग्नेछ । संघको निर्वाचनमा चारवटा प्यानल खडा छन् । यस्तो अवस्थामा तपाईंको जित कति सुनिश्चित छ ? यो लोकतान्त्रिक पद्धतिमा सबैले चुनावमा भाग लिन पाउँछन् । यसमा आ–आफ्नो इन्ट्रेस्टको कुरा होला । तर, कतिवटा प्यानल छ भन्नेले खासै अर्थ राख्दैन । मैले आफूमात्र जितेर हुँदैन टिमलाई जिताउनुपर्ने दायित्व छ । म भनौं या हाम्रो टिमको जितका लागि व्यवसायीलाई दिने सन्देश महत्वपूर्ण कुरा हो । हाम्रो टिम एक जुट छ, हामीभित्र कुनै मतभेद छैन र सम्पूर्ण व्यवसायीहरुले हामीमाथि भरोसा गरेका छन् । तृतीय उपाध्यक्षको दाबी गरिरहँदा मैलै अन्य प्रतिस्पर्धीहरु छन् भन्ने देखेको छैन । यही पेसा व्यवसायमा दुई दशक बिताइसकेको छु, थुप्रै कठिनाइ र समस्याबीच पनि व्यवसायीहरु साथीहरुसँग आत्मीयता साट्दै आएको छु । यस्तो अवस्थामा मेरो जित निश्चित नै छ, यतिमात्र नभएर हाम्रो टिमको नै जित सुनिश्चित छ । व्यवसायीबीच अस्वथ्य प्रतिस्पर्धा पनि हुने गरेको बताइन्छ । यसप्रति तपाईंको भूमिका के हुन्छ ? जो व्यवसायी गलत क्रियाकलापमा संलग्न हुन्छ, त्यस्तालाई ट्र्याकमा ल्याउने दायित्व सबैको हो । तर पनि संघको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरुको अझै बढी हुन्छ । कतिपय अवस्थामा व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि हुने गरेको छ । म यो वा त्यो भन्दिनँ तर सबै खाले अस्वस्थ प्रतिस्पर्धाको विरुद्ध व्यवसायीहरुसँगै समन्वय गरेर खरो रुपमा उत्रिने प्रण गर्दछु । अन्त्यमा, आम मतदाता व्यवसायीहरुलाई के भन्नुहुन्छ ? वैदेशिक रोजागरको क्षेत्र एकदमै संवेदनशील क्षेत्र हो । यसले हाम्रो दैनिक जनजीविकामा ठूलो प्रभाव पारेको छ । वैदेशिक रोजगार देशको समग्र अर्थतन्त्रको मेरुदण्ड नै हो । हामीले ठूलो जोखिम मोलेर वेरोजगारी समस्या हल गर्न मद्दत पु¥याएका मात्र छैनौं रेमिट्यान्स भित्र्याउने भरपर्दो आधार तय गरेका छौं । यस्तो क्षेत्रमा संलग्न हामी सबै व्यवसायीले आफ्नो व्यवसायलाई अझ मर्यादित, सुरक्षित र सम्मानित बनाउने जिम्मेवारी हाम्रै काँधमा छ । हामी चुनावमा उठ्दा यो प्यानल त्यो प्यानल भनेर राजनीति गर्छौं । तर, राजनीतिभन्दा पहिला हामी व्यवसायी हौं, व्यवसायीका हकहितका लागि नै पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।    
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ मंगलबार, पुस २९, २०८२
प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले
प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले बुधबार, पुस २३, २०८२
७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन
७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन सोमबार, मंसिर १५, २०८२
‘कम्युनिस्टले देशलाई भड्खालोमा हाले’
‘कम्युनिस्टले देशलाई भड्खालोमा हाले’ शुक्रबार, मंसिर ५, २०८२
‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’
‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’ बुधबार, मंसिर ३, २०८२
‘मलेसिया सिण्डिकेट रोक्ने कूटनीतिक प्रयास विश्वसनीय भएन’
‘मलेसिया सिण्डिकेट रोक्ने कूटनीतिक प्रयास विश्वसनीय भएन’ सोमबार, कात्तिक २४, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP