Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘आजको स्वास्थ्य चुनौती र पत्रकारिता’ विषयमा मासिक मिडिया संवाद सम्पन्न
‘आजको स्वास्थ्य चुनौती र पत्रकारिता’ विषयमा मासिक मिडिया संवाद सम्पन्न
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बुधबार, असार ३१, २०८३

काठमाडौं- ‘आजको स्वास्थ्य चुनौती र पत्रकारिता’ विषयमा भर्चुअल माध्यमबाट मासिक मिडिया संवाद सम्पन्न भएकाे छ । नेपाल अमेरिका पत्रकारिता संघ(नेजा)काे सहकार्यमा नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गर्दै आएको मासिक मिडिया संवाद कार्यक्रमअन्तर्गत यस महिनाको संवाद आइतबार ‘आजको स्वास्थ्य चुनौती र पत्रकारिता’ विषयमा सम्पन्न भएको हाे ।

आयोजित कार्यक्रममा स्वास्थ्य पत्रकारिताका अनुभवी पत्रकार श्रीरामसिंह बस्नेत र लक्ष्मण अधिकारीले स्वास्थ्य पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सञ्चारमाध्यमको भूमिकाबारे आफ्ना धारणा राखेका थिए। करिब दुई घण्टा सञ्चालन भएको कार्यक्रममा देशभरका ३६ जना पत्रकारको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान सह–आयोजक तथा नेपाल अमेरिका पत्रकार संघको सहयोग रहेको थियो।कार्यक्रमको सहजीकरण नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कफिल काफ्लेले गरेका थिए। उनले यस्ता विषयगत संवादले पत्रकारलाई तथ्यमा आधारित, जिम्मेवार र गुणस्तरीय समाचार तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ प्रतिष्ठानकी अध्यक्ष भगवती तिमल्सिनाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा पत्रकारको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताइन्।

Hardik health

स्वास्थ्य पत्रकारितामा लामो अनुभव भएका पत्रकार लक्ष्मण अधिकारीले तथ्य पुष्टि नगरी प्रकाशित समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्ने भन्दै दुई दशकअघिको बाल खोप अभियानको उदाहरण प्रस्तुत गरे। उनले स्वास्थ्यसम्बन्धी समाचार तयार गर्दा अनुसन्धान, तथ्यको पुष्टि र सम्बन्धित विज्ञको धारणा अनिवार्य हुनुपर्नेमा जोड दिए।

उनले स्वास्थ्य क्षेत्रमा दरबन्दीअनुसार जनशक्ति अभाव, नक्कली चिकित्सक पहिचानको समस्या, बाल मनोविज्ञानका विषयमा न्यून समाचार तथा बर्ड फ्लुबाट कृषकले भोगेका आर्थिक क्षतिलाई पर्याप्त प्राथमिकता नदिइएको उल्लेख गर्दै तथ्यमा आधारित स्वास्थ्य पत्रकारिताको आवश्यकता औंल्याए।

वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जनचेतनाको अभाव र अस्वस्थ जीवनशैलीका कारण सबै उमेर समूह स्वास्थ्य जोखिममा रहेको बताए। उनले विशेषगरी महिलामा आपत्कालीन गर्भनिरोधक औषधि ‘इकोन’को जथाभावी प्रयोग, बालबालिकामा मोबाइलको अत्यधिक प्रयोग तथा सामाजिक सञ्जालमार्फत प्रचार हुने अप्रमाणित औषधिप्रति बढ्दो आकर्षणले गम्भीर स्वास्थ्य चुनौती निम्त्याइरहेको उल्लेख गरे।

बस्नेतले स्वास्थ्य पत्रकारितामा ‘रिजल्ट ओरिएन्टेड जर्नालिज्म (RoJ)’ को अवधारणा अपनाउनुपर्ने सुझाव दिँदै स्वास्थ्यसम्बन्धी समाचारलाई सञ्चारमाध्यमले उचित प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले वैकल्पिक उपचार प्रणालीका रूपमा प्राकृतिक चिकित्सालाई पनि सरकारी नीतिमा समेट्नुपर्ने तथा विदेशमा उपचारका लागि जाने प्रवृत्ति घटाउन सरकार र सञ्चारमाध्यमले संयुक्त रूपमा काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले लागुऔषधको बढ्दो प्रयोगले युवापुस्ताको स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।कार्यक्रमको समापन गर्दै नेपाल प्रेस इन्स्टिच्युटका महासचिव विज्ञान शर्माले छलफलका मुख्य निष्कर्ष प्रस्तुत गर्दै स्वास्थ्य पत्रकारितामा उठेका विषयहरू सरकार र सम्बन्धित निकायले क्रमशः सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी महिनाको मासिक मिडिया संवादमा पनि सहभागिताका लागि आग्रह गरे।
 


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP