Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २७, २०८३

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो ।  

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध थियो । पछि त्यो सेवा महेन्द्रनगरसम्म विस्तार भयो । अहिले अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमा परीक्षण र उपचारको सुविधा पुगेको छ । स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण कीट तथा दक्ष जनशक्तिको व्यवस्थापनका साथै सङ्क्रमित भेटिएका गाउँमा सक्रिय खोज अभियान सञ्चालन गरिएकाले कालाजारका बिरामीको सङ्ख्या घट्दै गएको उनले बताए ।

रोग सार्ने ‘फ्लेबोटोमस अर्जेन्टाइपिस’ नामक भुसुनाको नियमित अध्ययन र नियन्त्रणका कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका कीट नियन्त्रण निरीक्षक जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा सन् २०२३ मा ६३, सन् २०२४ मा ४६, सन् २०२५ मा २६र सन् २०२६ को जुलाई ९ तारिखसम्म १३ जना कालाजारका बिरामी फेला परेका छन् ।

राष्ट्रियस्तरमा भने सन् २०२३ मा २४९, सन् २०२४ मा ३१८, सन् २०२५ मा २४९ र सन् २०२६ को जुलाई ९ तारिखसम्म ११५ जना सङ्क्रमित पुष्टि भएका कीट नियन्त्रण निरीक्षक जोशीले जानकारी दिए । “कालाजार ‘लिस्मानिया’ नामक परजीवीका कारण हुने किटजन्य सरुवा रोग हो । सङ्क्रमित भुसुनाले टोकेपछि परजीवी मानिसको शरीरमा प्रवेश गरी विभिन्न अंगमा असर पुर्‍याउँछ, यसको सबैभन्दा गम्भीर प्रकार भिसेरल लिस्मानियासिस (कालाज्वर) हो । जसले कलेजो, फियोलगायत शरीरका प्रमुख भित्री अंगमा असर पुर्‍याउँछ, समयमै उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्छ”, उनले भने ।

Hardik health

उनका अनुसार कटेनियस लिस्मानियासिस (छालाको कालाज्वर) ले छालामा घाउ र दाग बनाउँछ भने ‘म्युकोकुटेनियस लिस्मानियासिस’ले नाक, मुख र घाँटीभित्रको म्युकस झिल्लीमा असर पुर्‍याइ अंगको बनावटसमेत बिगार्न सक्छ । ‘पोस्ट कालाजार डर्मल लिस्मानियासिस’ भने कालाजार निको भएपछि छालामा देखिने दाग वा बिमिरा भन्दै कीट नियन्त्रण निरीक्षक जोशीले यसले सङ्क्रमण फैलाउन भूमिका खेल्ने भएको आवश्यक सचेतना अपनाउनुपर्नेमा जोड दिए ।

कालाजारको सङ्क्रमण भएमा लामो समयसम्म लगातार ज्वरो आउने, तौल घट्दै जाने, शरीर कमजोर हुने, रगतको कमी देखिने, कलेजो र प्लीहा ठूलो हुने, छालामा घाउ वा दाग देखिने तथा नाक वा मुखभित्र घाउ हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्दछ ।  समयमै उपचार गरे कालाजार पूर्ण रूपमा निको हुने बताउँदै उनले बेवास्ता गर्दा यसले ज्यानसमेत जानसक्ने भएकाले लक्षण देखिएमा तत्काल उपचार गराउन उहाँले सबैलाई आग्रह गरे ।

स्वास्थ्य निर्देशनालयका अनुसार कालाजारबाट बच्न भुसुनाको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हो । झुल प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, घर वरिपरिका झाडी सफा गर्ने, भित्ताका चिरा पुरेर भुसुना बस्ने स्थान नष्ट गर्ने तथा आवश्यक परे कीटनाशक औषधि छर्कने उपाय अपनाउनुपर्ने कीट नियन्त्रण निरीक्षक जोशीले सुझाव दिए । 

उनका अनुसार अहिले वर्षायामको सुरुआत भएकाले बिरामीको सङ्ख्या कम देखिए पनि वर्षा र त्यसपछिको मौसममा सङ्क्रमण बढ्ने सम्भावना रहन्छ । विशेषगरी जनवरीदेखि अक्टोबरसम्म कालाजारका बिरामी बढी देखिने गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गरिएको अध्ययनले सुदूरपश्चिमका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये करिब आधा क्षेत्रमा कालाजार सार्ने भुसुना फेला परेको देखाएका कीट नियन्त्रण निरीक्षक जोशीले जानकारी दिए । 

सन् २०२५ मा प्रदेशमा सबैभन्दा बढी कैलालीमा ११ जना र त्यसपछि कञ्चनपुरमा कालाजारका बिरामी भेटिएका थिए । हाल जिल्ला अस्पतालमा कालाजारको परीक्षण, औषधि र उपचार निःशुल्क उपलब्ध छ । आवश्यक औषधि र परीक्षण किट डब्लुएचओको सहयोगमा उपलब्ध गराइँदै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपाल सरकारले सन् २०२६ भित्र ‘भिसेरल लिस्मानियासिस’लाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गर्ने लक्ष्य लिएर निगरानी, उपचार र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ । 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल शुक्रबार, असार २६, २०८३
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले बिहीबार, असार २५, २०८३
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह बिहीबार, असार २५, २०८३
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा बुधबार, असार २४, २०८३
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत् बुधबार, असार २४, २०८३
पानी परेपछि डेंगी संक्रमणको जोखिम
पानी परेपछि डेंगी संक्रमणको जोखिम आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP