Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

काठमाडौं - आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ र कुनै पनि बेला स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने जोखिम रहेको छ।

चिकित्सक डा. रविलाम श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीले नेपालीको उपचार गरिरहेको छ। चिकित्सकका अनुसार उनलाई दिउँसो २:२० बजे अस्पताल ल्याइएलगत्तै कुलिङ उपचार सुरु गरिएको थियो। त्यसपछि श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गरिएको र पहिलो चरणको शल्यक्रिया सम्पन्न भए पनि स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको जनाइएको छ।

वीर अस्पतालको विशेष टोलीले उनको उपचार गरिरहेका छन् । अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका छन् । 

Hardik health

चिकित्सकले भने, “पहिलो चरणको शल्यक्रिया सम्पन्न गर्दा राति ८ बजेको थियो। हामी रातभर उपचारमै खटिएका छौँ। यद्यपि, अहिले नै अवस्था सुधार हुने वा नहुनेबारे केही भन्न सकिने स्थिति छैन। सम्पूर्ण चिकित्सक टोली बिरामीको ज्यान बचाउन निरन्तर प्रयासरत छ।”

उनका अनुसार नेपालीको अनुहार, टाउको, घाँटी र छातीमा गम्भीर जलन भएको छ भने शरीरका भित्री अंगहरूमा समेत असर परिसकेको छ। यति धेरै प्रतिशत शरीर जलेका बिरामीलाई बचाउन अत्यन्त कठिन हुने चिकित्सकको भनाइ छ।

नेपालीकाे शरीर ६५ प्रतिशत जलन आंकलन गरेपनि जाँचपछि ५५प्रतिशत मात्र रहेकाे उनले बताए  ।  “धेरै ठूलो जलन भएपछि शरीरका अन्य अंगहरूमा पनि असर पर्छ। बिरामीको ब्लड सुगर ३०० भन्दा माथि पुगेको छ। त्यसका बाबजुद पनि हामी उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ,” चिकित्सकले बताए।

यसैबीच, थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि बिरामीको अत्यन्त नाजुक अवस्थाका कारण अहिले नै स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने चिकित्सकहरूले बताएका छन्। “भारतमा पनि उपचार टोली तयारी अवस्थामा थियो। तर, अहिले बिरामीलाई अस्पतालबाट बाहिर लैजाँदा थप जोखिम हुने देखिएकाले तत्काल स्थानान्तरण गरिएको छैन,” चिकित्सकले जानकारी दिए।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ११:१७
#गणेश_नेपाली
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले बिहीबार, असार २५, २०८३
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह बिहीबार, असार २५, २०८३
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा बुधबार, असार २४, २०८३
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत् बुधबार, असार २४, २०८३
पानी परेपछि डेंगी संक्रमणको जोखिम
पानी परेपछि डेंगी संक्रमणको जोखिम आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP