Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२

खोटाङ- ‘मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जितेका  छन् । महिला/पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जितेका हुन् । 

महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा नौ घण्टा २१ मिनेटमा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएकी छन् । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ छ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ सात घण्टा छ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका छन् । 

भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ-थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामाखाङ-भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङसम्म निर्धारण गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेता धावकहरूले क्रमशः नगद  ८० हजार रुपैयाँ,  ६० हजार रुपैयाँ र  ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो भएका छन् । महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भएकी छन् । 
भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, धरानकै विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो भएका छन् भने महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो भएकी छन् । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् । 

Hardik health

मन्त्री पराजुलीले तावाभञ्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुहुँदै यसको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । “मुन्दुम ट्रेलको प्रस्थान विन्दु यही क्षेत्रमा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ । साकेला गाउँपालिकाले अघि सारेको भिजनअनुसारका योजना कार्यान्वयन गर्न सके यो क्षेत्र मात्र होइन, समग्र देशको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ,” उनले भने, “पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले तावाभञ्ज्याङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ । पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार गम्भीर छ ।”

नेपालका लागि स्विस सरकारका राजदूत डा डेनेली मेउली, कोशी प्रदेशसभाअन्तर्गत आर्थिक विकास समिति सभापति विनोद वान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मुन्दुम ट्रेलको प्रस्थान विन्दु खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा आयोजित प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ भव्य रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन् । 

साकेला गाउँपालिका अध्यक्ष राईले नेपाल सरकारले १०० गन्तव्य सूचीमा समावेश गरेको मुन्दुम ट्रेलको सुरुआती विन्दु तावाभञ्ज्याङको अपेक्षित विकास हुन नसकेकामा चिन्ता व्यक्त गरे । “तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्यले गाउँपालिकाले तावाताल निर्माण, धार्मिक बगैँचा तथा १३ जातजातिको सांस्कृतिक गाउँ स्थापना गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । तर, पटक-पटक केन्द्र र प्रदेश सरकारसँग माग गर्दा पनि यो क्षेत्र अझै ओझेलमा परेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, उनले भने, “संस्कृति र पर्यटन कहिल्यै समाप्त नहुने सम्पदा भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत आर्थिक समृद्धिको ठूलो सम्भावना हुन्छ । आगामी दिनमा यसतर्फ विशेष ध्यान दिन आग्रह गर्दछु ।”

भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा चैत २२ गते आइतबार सम्पन्न प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तरराष्ट्रियस्तरमा परिचित गराएको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । कार्यक्रमले तावाभञ्ज्याङ क्षेत्रलाई साहसिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।


 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न मंगलबार, जेठ १२, २०८३
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट आइतबार, जेठ १०, २०८३
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य शुक्रबार, जेठ ८, २०८३
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै शुक्रबार, जेठ ८, २०८३
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP