काठमाडौं - नेपाली फुटलब खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालाबन्दी गरेको छ ।आइतबार खेलाडी संघले एन्फाले आफ्ना मागहरू पूरा नगरेको र बेवास्ता गरेको जनाउँदै मुख्यालयमा तालाबन्दी गरेको हो ।
तालाबन्दीका निम्ति संघको अगुवाइमा एन्फा प्रांगण पुगेका खेलाडीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए ।संघले तालाबन्दी गर्ने क्रममा तीनबुँदे मागसमेत राखेको छ । संघले एन्फाले आफूले बाचा गरेको मितिभित्र सहिद स्मारक डिभिजन लिगको सञ्चालनको निश्चितता गर्दै शीर्ष डिभिजन लिगको मिति तोक्नैपर्ने माग राखेको छ ।
त्यसैगरी, संघले गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाखसहित खेलाडी अक्षय कोषको विस्तृत विवरण पेस गर्नुपर्ने माग अघि सारेको छ । संघले खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने माग राखेको छ ।
जुन हालको कार्यसमितिको बैठक बाट पनि पास गरिएको सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता उपलब्ध गराउनुपर्ने माग समावेश गरिएको छ ।संघले यी मागहरूको कार्यन्वयन नहुँदै सहमतिबिना ताला खोले उक्त कदमबाट आइपर्ने क्षतिको जिम्मेवार एन्फा आफैँ हुने चेतावनी दिएको छ ।