Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
समाचार
  • Home
  • समाचार
  • पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा
पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २४, २०८२

तानसेन-  पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उनीहरूले महाकाली-मेची साइकल यात्रा गर्न लागेका हुन्  ।

यहाँका २५ वर्षीय शान्तम थैबा, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लागेका हुन् । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु हुनेछ ।  साइकल यात्रामा निस्कन लागेका युवालाई पाल्पा साइक्लिङ सङ्घले आज एक कार्यक्रमकाबीच बिदाइ गरेको छ ।  

महाकाली नदीबाट सुरु हुने साइकल यात्रा मेची नदी पुगेर सम्पन्न हुने पाल्पा साइक्लिङ सङ्घका उपाध्यक्ष अमन शाक्यले बताए । उनका अनुसार ‘साइकल चलाऔँ नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने मूल नाराका साथ साइकल यात्रा हुन लागेको हो । नेपालभर शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको उपाध्यक्ष शाक्यले बताए ।

Hardik health

 “गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त हुने गर्दछ, हामी एकताको सन्देश फैलाउन चाहन्छौँ । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएका छन्, यसले स्वस्थ रहने सन्देशसमेत प्रवाह गर्नेछ”, शाक्यले भने, “त्यसैले शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गर्न लागेका हौँ ।” एघार दिनसम्म हुने साइकल यात्रामा ११०० किलोमिटर दूरी तय गरिने उनले जानकारी दिए । 

टोलीलाई बिदाइ गर्ने क्रममा सङ्घका अध्यक्ष रुपेश महर्जनले शान्ति र एकताको सन्देश विश्वभर फैलाउन साइकल यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सङ्घले हरेक वर्ष पाल्पामा ‘हेरिटेज राइड’समेत आयोजना गर्दै आएको छ । सङ्घले जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘सम्पदा साइकल राइड’ आयोजना गर्दै आएको छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाकाे मुख्यालयमा तालाबन्दी
एन्फाकाे मुख्यालयमा तालाबन्दी आइतबार, फागुन २४, २०८२
त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित बुधबार, फागुन २०, २०८२
सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे
सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे बुधबार, फागुन २०, २०८२
इरानले विश्वकप खेले-नखेलेको  ट्रम्पले देखाएनन् चासो
इरानले विश्वकप खेले-नखेलेको ट्रम्पले देखाएनन् चासो बुधबार, फागुन २०, २०८२
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश सोमबार, फागुन १८, २०८२
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP