Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १८, २०८२

ढाका-  सामाजिक कलङ्क, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबका वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ । अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्न लागेको टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जीत पनि बनेको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्नु सजिलो छैन । विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ । सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ । कप्तान अफिदा खान्डाकरले समुदायबाट पर्याप्त साथ पाएको भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्ने बताए । उनका अनुसार धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ, कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ ।

बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना धेरै साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको स्मरण गरे। परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको उनको भनाइ छ । कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुले—विशेषगरी आमाले—कटु टिप्पणी सहेर आफूलाई अघि बढाउन साथ दिएको उल्लेख गरे। उनले पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आएका हुन् ।

Hardik health

सन् २०११ मा पहिलो महिला लिग सुरु भएको बङ्गलादेशमा दुई वर्षयताको राजनीतिक उथलपुथलले थप चुनौती थपेको थियो । सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए । हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए । हालै सम्पन्न आम निर्वाचनमा विजयी बङ्गलादेश नेसनलिस्ट पार्टी ,बिएनपीले महिला अधिकारको समर्थन गर्ने वाचा गरेको छ, तर इस्लामवादी दलहरूको बढ्दो प्रभावले लैङ्गिक नीतिबारे चिन्ता कायमै छ । 

बङ्गलादेश फुटबल महासङ्घका प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताए । उनका अनुसार पछिल्ला वर्षमा आधारभूत संरचना विस्तार भएको छ र देशभर ४० भन्दा बढी क्लबले नौ वर्षदेखि केटीहरूलाई प्रशिक्षण दिन थालेका छन् । सन् २००८ अघि राष्ट्रिय महिला टोली नै नभएको स्मरण गर्दै महिला शाखा प्रमुख महफुजा अख्तर किरोनले खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता रहेको बताउनुभयो । पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि उक्त आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको उहाँको भनाइ छ ।

अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आउने गरेका छन् । कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ । प्रायोजकहरूको चासो बढ्दै जाँदा समाजको मनोवृत्ति विस्तारै परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ ।

अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्दैछ । चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा कठिन हुने कप्तान खान्डाकरको स्वीकारोक्ति छ, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दृढता व्यक्त गर्नुभयो । एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूका लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ ।
 


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण सोमबार, फागुन १८, २०८२
इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो
इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो सोमबार, फागुन १८, २०८२
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित आइतबार, फागुन १७, २०८२
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द आइतबार, फागुन १७, २०८२
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
खाडीमा इरानी आक्रमण
खाडीमा इरानी आक्रमण आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP