काठमाडौं- प्याब्सन लुम्बिनी यु-१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले प्याब्सन गण्डकीलाई ५ विकेटले पराजित गर्यो ।
लुम्बिनीका समिरजंग र आशिषले समान १४–१४ तथा बासुदेवले १२ रन जोडे । जितसंगै लुम्बिनी समूह ‘ए’ को विजेता बन्यो । गण्डकीको पराजयसंगै आयोजक प्याब्सन काठमाडौं पनि सेमिफाइनलमा पुग्यो ।
सेमिफाइनलमा लुम्बिनीको भेट प्याब्सन बागमतीसंग हुनेछ । अर्को सेमिफाइनल प्याब्सन मधेश र आयोजक काठमाडौंबीच हुनेछ । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।