काठमाडाैं - आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा भइरहेको वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालले १३३ रनको पार गरेको छ। नेपालले वेस्ट इन्डिज विरुद्धको समाप्तिमा ८ विकेट गुमाएर १३३ रन बनाएको हाे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब सुरुवात गरेको थियो। पावर प्ले भित्रै मुख्य ब्याटरहरू गुमाएर ४६/५ को कठिन अवस्थामा पुगेको नेपाली इनिङ्सलाई दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले सम्हालेका छन्।
सुरुवाती ब्याटरहरू कुशल भुर्तेल (१), आसिफ शेख (११) र कप्तान रोहित पौडेल (५) आउट भएपछि नेपाल दबाबमा परेको थियो। दीपेन्द्र सिंह ऐरीले एकतर्फबाट इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका छन्।