काठमाडौं- नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।
अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेकी हुन् ।
शिभालीले ग्रुप ए को तेस्रो खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गरिन् । मेलवर्न पार्क–वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६–०, ६–१ ले सहजै पराजित गरिन् ।
यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।