काठमाडौं - शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने भएको छ। शेर्पा समुदायको प्रमुख चाड ल्होसार,नयाँ वर्षको अवसर पारेर याे प्रतियोगिताको आयोजना हुन लागेको हो।
विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ल्होसार कपकाे १५औं सम्करण महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो। महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमका अध्यक्ष फर गरजे शेर्पाकाअनुसार सोलुखुम्बुको खुम्बु पासाङनाम् गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगितागरेका थिए। प्रतियोगिताले फुटबल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकूदप्रतिको रुचि बढाउन, उनीहरूमा प्रतिभा उजागर गर्न, समुदायबीच एकता मजबूत बनाउनु हो। यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औँ संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने जनाइएकाे छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुने छ। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेकाे आयोजकले जनाएका छन् ।
'यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुवैको प्रवर्द्धन गर्नु हो' शेर्पाले भने। ल्होसार चाडको अवसरमा आयोजना हुँदै आएको खुम्बु ल्हाेसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा विकासत हुँदै आएको छ। सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानो गौचरण मैदानमा हुँदै आएको थियो। तर विभिन्न कारणले गर्दा सन २०२५ मा प्रतियोगिता आयोजना राखिएन। यसैले यस वर्ष २०२६ मा भव्य ल्होसार कप एन्फा मैदानमा आयोजना गर्ने निर्णय गरिएको शेर्पाले बताए।
प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। सहभागी टिमहरू यसप्रकार रहेका छन् ।
१. महेन्द्र ज्योति एक्स स्टुडेन्ट फारम फराक महेन्द्र ज्योति पूर्व विद्यार्थी फोरम, फारक
२. नाम्चे युवा समूह, नाम्चे (नम्चे युवा समूह, नाम्चे)
३. खुम्जुङ युथ क्लव खम्जुङ khumjung youth group, khumjung
४. खन्दे कम्युनिटी क्लव, खुम्चे खुन्दे सामुदायिक क्लब, खुन्दे
५. ठमिछोवा क्लब ठमिछोवा फुटबल क्लब, थामे
६. अमादब्लम यथ वृष, पाइबोच अमदब्लम युवा समूह, पाङ्बोचे
७. Khumbu Yambu Sherpa Samaj
८.khumbu united
अध्यक्ष शेर्पाका अनुसार वार्षिक रूपमा आयोजना हुने यस प्रतियोगिताले खुन्ब पासाङल्हामु गाउपालिकामित्रका समुदायलाइ फटवलमार्फत एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरु र समुदायलाई जोडने साझा उत्सवका रूपमा स्थापित भइसकेको उनले बताए। उनका अनुसार विश्वभर खेलप्रतिको उत्साह तीव्र रूपमा बढ्दै गएको छ जसमा फुटबलको लोकप्रियता झन व्यापक छ।
'यसै सन्दर्भमा हामी खेल र पर्यटन दुवैलाई संगसँगै लाने गरी अघि बढाउन नेपालमा खेलकुद तया पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि चढेका छौ। खेलकुद, विशेषगरी फुटवलको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजनाअनुसार यस प्रतियोगितालाई सम्भव भएसम्म दीर्घकालीन र प्रभावकारी बनाउने तयारी गरेका छौँ', उनले भने।
उनका अनुसार खेलकुदमार्फत पर्यटन प्रवद्धन गर्ने उद्देश्यसहित सुम्बु क्षेत्रले खम्बु ल्होसार कपलाई महत्वपूर्ण अभियानका रूपमा अघि बढाव आएको छ। यही सोचका साथ हरेक वर्ष प्रतियोगिता आयोजना हुँदै आएकाे र आगामी दिनमा यसलाई अझ व्यवस्थित स्तरयुक्त बनाउदै लैजाने योजना रहेकोउनले बताए ।
खुम्बु लोसार कप-२०२६ काे शीष प्रायोजकका रुपमा १४ पिक्स एक्सपेडिसन रहको छ नने सह प्रायोजकमा हेली एभरेष्ट प्रा.लि र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन। यसका साथै अन्य विभिन्न प्रायोजकहरूको पनि सहयोग रहेको छ ।