भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका-६ बनाचौर खेलमैदानमा सञ्चालन हुने भएकाे हाे । सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् ।
सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिताबारे आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक-१० सङ्कटा फुटबल मैदानमा, भलिबल प्रतियोगिता सूर्यविनायक-८ युथ क्लब खेल मैदानमा, कबड्डी प्रतियोगिता सूर्यविनायक-६ सुवर्णेश्वर आधारभूत माविमा तथा उसु, कराते र तेक्वान्दो खेल सूर्यविनायक-४ अरनिको माविमा सञ्चालन हुने छन् । सदस्यसचिव थापाका अनुसार प्रतियोगिता च्याम्पियन हुनेलाई ३० हजार रुपैयाँ सहित रनिङ शिल्ड प्रदान गरिने छ ।