कीर्तिपुर- आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजको खेलमा बङ्गलादेशले नामिबियासामु जितका लागि १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निरधारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनायो । बङ्गलादेशका लागि शोभना मोक्तारीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।
नामिबियाको बलिङमा साइमा दुहादलेनी र सिल्भिया सिहेयोले समान दुई/दुई विकेट लिए भने वाकिया वाटिल र जुलिने डियर गाटले एक/एक विकेट लिएका हुन् ।