काठमाडौं - राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता बुधबारबाट काठमाडौंमा शुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गरे।
प्रतियोगितामा कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख र दोस्रो हुने समुहलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका डोजोका खेलाडि उत्कृष्ठ खेलाडिहरु रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो ।
प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।