काठमाडाैं - नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘टाइगर कप २०८२’ माघ ९ गते देखि सुरु हुने भएकाे छ। नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैठौ संस्करणमा “खल्ती”ले टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको हाे ।
यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजना गर्ने भएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागी हुने भएका छन् । यहाँ ४ अन्तर्राष्ट्रिय टोली पनि रहेको छ ।
यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु . ५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् । राष्ट्रिय स्तर मै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।"