काठमाडौं - साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४७ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सोमबार उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
राष्ट्रिय टोली छनोटका निम्ति श्रेष्ठले यसअघि ६७ खेलाडी छानेका थिए ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबारै बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको सूची सार्वजनिक गरेको छ । एन्फाले यस वर्ष पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना गर्दै छ । प्रतियोगिता यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म आयोजना गरिनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु यसप्रकार छन् :
एलिजा विक, अमृता भुल, अनिता रानामगर, एञ्जल स्याङ्बो, अन्सु विक, अनु माझी, आशिका कार्की, आशिका राई, आयुषा राउले, वर्षा कुँवर, वर्षा ओली, वसन्त कुलाल, भूमिका बुढाथोकी, डिकी स्याङ्बो, दीक्षा राई, ज्ञान्सु डोल्मो, जुना तामाङ, कल्पना जिम्बा, कृतिका कार्की, क्रिस्टिना तामाङ, लक्ष्मी विक, माया मास्के, मीनमाया श्रेष्ठ, नन्दिका थापा, निर्मला आयार्च, निशा मल्ल, प्रजिता राई, पूजा गिरी, पूजा थैवा, पूर्णिमा टाडी, रविना बराम, रश्मील चौलागाईं, रेजिना लामा, रेनिशा शर्मा, रेन्शु महर्जन, सबनम राई, सहारा लिम्बू, सहारा वाइबा, सलोनीकुमारी चौधरी, संगीताकुमारी मल्ल, सेनु परियार, सिर्जना बढुवाल, सिर्जना बातला, सुमी हंग्मा, सुशीला केसी, तृप्ती बादला, यमकुमारी विक, तुलसा बोहरा र यशोधा बोहरा ।