काठमाडाैं - नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिने बक्सर नामसिंह थापाको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो ।
सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेको थियो, जहाँ दुई धावक र चार बक्सर सहभागी थिए ।
त्यस ओलम्पिकमा नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए । तर, उनी राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भए ।
१८ वर्षको उमेरमा ओलम्पिकमा भाग लिएका थापाले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।